आज बुटवलमा जनकलाकारहरुको सांगीतिक प्रस्तुति हुने

आज २ बजे जनकलाकारहरुको सांगीतिक प्रस्तुति हुने भएकाे छ ।“सङ्गीत अभियात्रा” को आयोजनामा बरिस्ठ जनकलाकारहरुले “राष्ट्रका लागि संगीत यात्रा” अभियान मार्फत याे कार्यक्रम  बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा निशुल्क  सांगीतिक प्रस्तुति हुने भएकाे हाे ।आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि अभियानको बारेमा जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बरिष्ट जनगायक जीवन शर्माले राज्यले जनकलाकारहरुलाई सम्मान गरोस नगरोस आँफुहरु राष्ट्रका लागि लडिरहने बताएका छन् । उनले राष्ट्रलाई अफ्ठ्यारो पर्दा र जनतालाई अफ्ठ्यारो पर्दा संधै जनकलाकार अग्रमोर्चामा लड्ने बताउँदै आम जनताको मायामा आँफुहरु हुर्किएको बताए ।

जनकलाकारहरु जीवन शर्मा, मणी थापा, चिरन सी, उदय श्रेष्ठ, कर्ण बिद्रोही, निलिमा पुन, प्रगती महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुस्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रीन, अनु शर्मा, निशा बुढामगर लगायतका जनपक्षीय श्रष्टा, जनगायक, लेखक, गीतकार, जनसंगीतकार नृत्यकारहरु सहितको टिमले देशका मुख्य शहरहरुमा बिबिध प्रस्तुति सहितका कार्यक्रम गर्दै आएको छ।