ट्रम्पको कुनै सिद्धान्त छैन, ऊ क्रूर व्यक्ति हो : दिदी मेरियाना ट्रम्प

ट्रम्पमाथि उनकी दिदीको टिप्पणी : उसको कुनै सिद्धान्त छैन, क्रूर व्यक्ति हो ऊ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदीले उनलाई सिद्धान्त नभएको व्यक्ति भन्दै कडा आलोचना गरेकी छन् ।ट्रम्पकी दिदीले ट्रम्पलाई भनेकी छन्, ‘उनको कुनै सिद्धान्त छैन ।’ ट्रम्प क्रूर व्यक्ति भएको पनि उनकी दिदीको टिप्पणी छ । ट्रम्पकी दिदी मेरियाना ट्रम्प बेरी पूर्वसंघीय न्यायाधीश समेत हुन् । मेरीको यस्तो टिप्पणी उनकी भान्जीले रेकर्ड गरेकी थिइन् ।

ट्रम्पको निन्दा गर्दै मेरीले हालै एक पुस्तक समेत सार्वजनिक गरेकी छन् । त्यहाँ उनले आफ्नो परिवारले कसरी संसारकै खतरनाक व्यक्ति सिर्जना गर्यो भन्नेबारे चर्चा गरेकी छन् । मेरीले यही शनिबार २०१८ र २०१९ मा रेकर्ड गरेको बताएकी छन् । एक रेकर्डमा ८३ वर्षीया बेरीले भनेकी छन् कि, २०१८ मा उनले आफ्नो भाइको अन्तर्वार्ता फक्स न्युजमा हेरेकी थिइन् । जहाँ उनले दिदीलाई आमाबाबुबाट अलग्याइएका आप्रवासी बच्चाहरु भएको सीमाक्षेत्रमा राख्न सुझाव दिएका थिए ।

‘उसको आधार, मेरो मतलब मेरो परमेश्वर, यदी तिमी धार्मिक व्यक्ति भएको भए तिमी मानिसलाई सहयोग गर्न चाहन्छौ,’ बेरीले भनिन् । यस्तै ट्रम्पले ट्वीटमा झुट बोलेको पनि बताइन् । साथै राष्ट्रपतिले आफ्ना अध्यागमनबारे बिचारहरु पढ्ने नगरेको पनि बेरीले बताएकी थिइन् ।

‘उसले के पढेको छ ?’ उनले भनिन्, ‘अहँ, उ पढ्दैन ।’ उनको रेकर्ड पहिलो पटक वासिंटन पोस्टमा प्रकाशित थियो । रोबर्ट ट्रम्पको निधनपछि ह्वाइट हाउसमा उनलाई सम्झँदै गर्दा बेरीको रेकर्डिङ चर्चामा आएको हो ।

-एजेन्सी

IME Remittance