महिला पत्रकारकाे कार्यक्रम

जीवन शर्मामाको गीतमा कोमल वलीको नृत्य (भिडियो)

जीवन शर्मामाको गीतमा कोमल वलीको नृत्य (भिडियो)
तस्बिर : सुनिता डंगोल

 २२ फागुन २०७६ १७:४७:००

काठमाडौं : जनवादी गायक जीवन शर्माको गीत ‘चाहिँदैन मलाई सिसाको महल, चाहिँदैन मलाई चमेलीको बास’ जब राष्ट्रिय शभागृहमा गुन्जिन थाल्यो तब माहोल तात्यो ।

कार्यक्रममा स्टेचबाट उठेर कोमल ओली, संसदको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठलगायत छमछमी नाच्न थाले । नाच्नेलाई उत्साहित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने स्टेचबाट उठे र तालीबजाए ।

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिले फागुन २२ गते ‘महिला पत्रकार सांस्कृतिक महोत्सव २०७६’ को आयोजना गरेको हो । आयोजनामा अन्नपूर्ण पोस्ट् फोटो पत्रकार सुनिता डंगोल सम्मानित भएकी छन् । सोही महोत्सवमा उनलाई सम्मान गरिएको हो ।

उनका साथै महासंघका प्रदेश समितिका उपाध्यक्षसहित अन्य महिला पत्रकार तथा महिला फोटो पत्रकारलाई पनि सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, विशेष अतिथिका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र सूचना आयुक्त कोमल ओली थिए ।

२२ फागुन २०७६काे अन्नपूर्णपाेष्टबाट

IME Remittance