काठमाडौँ, ३० कातिक । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको बन्दको प्रभाव विभिन्न जिल्लामा परेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको उक्त पार्टीले गरेको बन्दमा सार्वजनिक र निजी सवारी साधन चलेका छैनन्।
ठाउँठाउँका सडकमा प्रहरीको बाक्लो उपस्थिति छ। फाट्टफुट्ट मोटरसाइकल र साइकल चलेका देखिन्छन्। उपत्यकामा सामान्य प्रभाव परेको छ । तर लामो दुरीका सवारी भने चलेका छैनन् ।