सर्वोच्चमा इतिहासमै नभएको आन्दोलन : बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ

काठमाडौँ, २६ कातिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ । यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन ।

यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । इतिहासमै सर्बाेच्चमा यस्तो आन्दोलन नभएको कानून व्यवसायीहरुले बताएका छन् । रासस

IME Remittance