संसद अधिवेशन अन्त्य

काठमाडौँ, १३ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार आज चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ । रासस

IME Remittance