मन्त्रिपरिषद्को आजको बैठकले केके निर्णय गर्यो ? 

काठमाडौँ १९ असोज । मन्त्रिपरिषद्को आजको बैठकले प्रशासन सेवातर्फका सहसचिव रविलालपन्थलाई नेपाल सरकार प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा बढुवा गरेको हो ।

बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका ०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले वैदेशिक रोजगार न्यायधिकरणका सदस्यमा सहन्यायधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण असुली न्यायधिकरणतर्फ सदस्य पदमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले असोज २४ गते हुने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा सहभागी हुने नेपाली टोलीको गठन गरेको छ । टोलीको नेतृत्व परराष्ट्रमन्त्री नारायण खड्काले गर्नेछन् ।

IME Remittance