राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौँ, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड ९ख० बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

IME Remittance