तीजमा हुने भड्‌किलोपन र खर्चिलोपनलाई कम गराैं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीज मनाउने सन्दर्भमा हुने  भड्‌किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक भएको बताएकी छन्।हरितालिका तीजको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीज पर्वकोमौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउनु पर्ने बताएकी हुन्।राष्ट्रपति भण्डारीले तीजले राष्ट्रलाई पनि भावनात्मक एकताको सुत्रमा आवद्ध गर्न मद्दत पुर्‍याउने बताएकी छन्।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ,‘यसैगरी‚ तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्‍याउँदछ भन्ने मलाई लाग्दछ।’

राष्ट्रपति भण्डारीले हरितालिका तीजले हाम्रो समाजमा विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद र असमानताहरूको अन्त्य गर्दै सभ्य‚ समतामूलक एवं  प्रगतिशील समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।‘कोभिड-१९ को सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै सावधानीका साथ यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु,’ राष्ट्रपति भण्डारीले भनेकी छन्।

IME Remittance