२० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न सिफारिस

काठमाडौँ, १ भदौँ । सरकारले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउन सिफारिस गरेको छ ।

प्रधानमन्त्री आजको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति सामु उक्त सिफारिस गरिएको हो । सिफारिसमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने उल्लेख छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धि अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको जनाइएको छ ।

गत बैशाखमा केपी शर्मा ओलीले यस्तै गरी दल विभाजनका लागि अध्यादेश ल्याएका थिए । त्यसको विरोधमा उत्रिने नेताहरुले नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेका हुन् । अध्यादेश आए । फुटको संघारमा पुगेको एमाले विभाजनको कानुनी आधार तयार हुने छ । उक्त अध्यादेशको एमालेले विरोध गरेको छ ।