साउन ३२ । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।
त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर उज्वेकिस्तान भागेका छन्।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएका छन् ।
‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता’ उनले भने।
उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए। बीबीसी


