अर्थमन्त्रीद्वारा प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न नसकेको बताएका छन् । अघिल्लो सरकारले २०७४ मा जारी गरेको आँकडा र अहिलेको आँकडलाई तुलना गर्दै  उनले अर्थतन्त्रको संरचनामा परिवर्तन हुन नसकेको बताएका हुन् ।मंगलरबार प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवम् सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा यी क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान  भएको उल्लेख गरे । यसबाट अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन नआएको प्रष्ट हुने उनको भनाइ छ ।

“आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको समेत जनाउँछ,” अर्थमन्त्री शर्माको श्वेतपत्रमा भनिएको छ, “दिगो आर्थिक वृद्धिको आधार उत्पादनमूलक औद्योगिक क्षेत्रको विस्तार हुनुपर्नेमा यसतर्फ ठोस प्रगति हुन सकेको छैन ।”

उनले थपे, “उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखीभन्दा व्यापारकेन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अनौपचारिक क्षेत्रको हिस्सा नघट्नुजस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको छन् । आर्थिक विकास र समृद्धि हासिल गर्नका लागि यी समस्याहरुको सही सम्बोधन गर्न जरुरी छ ।”

https://drive.google.com/file/d/1Dcinb7bmcKN_ilg1gFmIKXdeIgvSbRd3/view

पूर्णपाठ पढ्नोस्–

आर्थिक-जानकारी पत्र

IME Remittance