काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो। आजै देउवाको शपथग्रहणको कार्यक्रम छ । यद्यपी उत्तः नियुक्रि भने विवादित छ । देउवाले आजै सानो आकारको मन्त्रिमण्डर बनाउने र सबैको आजै सपथ हुने भएको छ ।


