मुलुक गम्भिर संकटमा धकेलिएको विपक्षी गठबन्धनको निष्कर्ष

 

काठमाडौँ , ८ असार । विपक्षी गठबन्धनले अहिलेको राजनीतिक परिस्थितिले मुलुक गम्भीर सङ्कटतर्फ धकेलिएको निष्कर्ष निकालेको छ ।

आज नेकपा एमालेको माधव नेपाल खेमासहित विपक्षी दलले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा उत्पन्न भएको उल्लेख गरेका ेछ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

उनीहरुले प्रधानमन्त्री केपी शमौ ओलीका गतिविधिको आलोचना गरिएको छ । गठबन्धनले निर्वाचन आयोगप्रति पनि प्रश्न उठाएको छ । आयोगका कामकारवाही समेत निष्पक्ष नरहेको उनीहरुको निष्कष छ ।

Prabhu Bank
IME Remittance