प्रधानमन्त्रीले सर्वाेच्चमा जवाफ दिँदै भने – देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन

काठमाडौं ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन मुद्धामा आज अदालतलाई जवाफ पठाउँदै काँग्रेस सभापति देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले संसदमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई नदिएको उल्लेख गरेका छन् । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाई गरिरहेको छ ।

IME Remittance