नेपाल बारले पनि तोक्यो एमिकस क्युरी

काठमाडौँ २, असार । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा  बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ ।
आजै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो । सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।

यसअघि सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी, एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने निर्णय गरिसकेको छ ।