कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

 

पोखरा— गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले पनि मुख्यमन्त्रीको दावी गरेका थिए । तर उनको दावी नपुगेपछि नेपाली मुख्यमन्त्री बनेका हुन् ।

IME Remittance