नरोत्तम वैद्यले आत्म आलोचित हुँदै अभिव्यक्ति फिर्ता लिए

 

हेटौंडा २९ जेठ — प्रधानमन्त्रीको विषयमा अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले माफी मागेका छन् ।

शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए । त्यसको सर्वत्र विरोध भएको थियो ।

उनले आज प्रधानमन्त्रीप्रति लक्षित गर्दै आफुबाट प्रयोग भएका शब्द आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिएको जानकारी दिए । उनले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह पनि गर्दै माफी मागेका छन् ।

 

IME Remittance