गण्डकी प्रदेशमा आज छिनोफानो

पोखरा २९ जेठ — गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखसामु हस्ताषरबुझाएकामा आज त्यसको छिनोफोनो हुँदै छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसदसहित शुक्रबार गएका थिए ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । त्यस विषयमा अध्ययन गरेर आज निर्णय दिने बताइएको छ ।

IME Remittance