मन्त्रिपरिषदले पायो पूर्णता : खगराज गृह, नैनकला सञ्चारमन्त्री

 

काठमाडौं २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री तथा जसपाबाट एक मन्त्री थपिएका छन् ।

पूर्णता पाएको मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री ओलीले गृहमा खगराज अधिकारीलाई गृहमन्त्री दिएका छन् । गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । यस्तै सञ्चारमा यसअघिका गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापा मन्त्री बनेकी छिन् ।

यस्तै नादरमुनी रानालाई वनमन्त्री, गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । यसअघि जसपाको ठाकुर पक्षका ८ मन्त्री र दुई राज्यमन्त्री बनिसकेका छन् । आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

IME Remittance