गण्डकी प्रदेशसभा आज, पाउलान् मुख्यमन्त्री गुरुङले विश्वासको मत  ?

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा बैठक दिउँसोका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

अविश्वासको मत दर्ता भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएर ठुलो दलको नेताका रुपमा वैशाख २९ मा गुरुङ पुनः मुख्यमन्त्री बनेका थिए । त्यसको एक महिनाभित्रमा विश्वासको मत लिने कानुनी प्रावधान अनुसार आज उनले विश्वासको मत लिन लागेका हुन् ।
उनले जेठ २५ मा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकेका छन् ।
उक्त प्रदेशमा कुल ६० जना प्रदेशसभा सदस्य छन् । विश्वासको मत पाउन ३१ सांसद चाहिन्छ । एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्टिय्र जनमोर्चाका ३ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापा ह्वीप उल्लंघन गर्नेमा छन् । त्यसो गर्दा विपक्षीमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । त्यसैले विश्वासको मत पाउने सम्भावना झिनो छ ।

IME Remittance