एमालेलाई जेठ ३ अघि फर्काउने ओलीको घोषणा, नेपाल पक्षको आशंका

काठमाडौँ , २४ जेठ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् । पार्टी एकता सुदृढ गर्नै भन्दै ओलीले ६ बुँदे प्रस्तावसहितको आह्वान पनि गरेका छन् ।

‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’ प्रस्तावमा भनिएको छ ।

तर उनले चौथो नम्बर बुँदामा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त राखेका छन् ।

आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा ९एमाले० का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।ु शर्त भनिएको छ ।

यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कावाही नचलाइने ओलीले बताएका छन् । पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने उनले अपेक्षा गरेका छन् ।

यता माधव नेपाल पक्षले भने ओलीको प्रस्तावमा आशंका गरेको छ । एक नेता वेदुराम भुषालले त्यसलाई ढाँटछलको संज्ञा लिएका छन् । अफ्ठेरो परेको अबस्थामा यसैगरी छलेर अघि बढ्ने ओलीको बानी रहेको उनले बताएका छन् ।

IME Remittance