काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सबैकुरा मिले आजै केही मन्त्र िथपेर मन्त्रिपरिषद विस्तार हुने छ ।
दुई दिन अघि जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षलाई समेटेर उनले मन्त्रिपरिषद हेरफेर गरेका थिए ।
आफूसँग रहेका ८ मन्त्रालयमध्ये केहीमा मन्त्री नियुक्तिको तयारी गरेको बुझिएको छ ।
गृह, सूचना तथा सञ्चार प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ओलीसँगै छन् ।
एमाले निकटस्थका अनुसार पूर्वमन्त्री गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी, राजेन्द्र गौमत कर्ण थापा लगायत मन्त्री बन्ने सम्भावना छ ।
यस्तै विद्या भट्टराई, शान्ता चौधरी, राधा ज्ञवालीलगायत महिला नेतृह पनि मन्त्री हुने लाइमा छन् । प्रधानमन्त्री ओलीले शुक्रवार जसपाका ८ मन्त्रीसहित एमालेका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।