वरिष्ठताका आधारमा पुन:गठन भयो संवैधानिक इजलास

काठमाडौँ , २३ जेठ । संसद विघटनसम्बन्धीको मुद्दाको बहस र सुनुवाइका लागि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनःगठन गरेका छन्।

पुनर्गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

वरिष्ठताका आधारमा हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ भए पनि कार्की यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएकाले पहिले नै अस्विकार भएका न्यायाधिस हुन् भने श्रेष्ठ कोरोनाका कारणआइसोलेसनमा रहेको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र नेपालको संविधानको धारा ७६, ५ बमोजिम सरकार गठनका क्रममा उत्पन्न विवादका विषयमा परेका रिट निवेदनमाथि उक्त इजलासमा बहस हुने छ । विवादकै कारण यसअघि आवश्यक प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघिको इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए । उनीहरुको विषयमा विवाद भएको थियो ।

पक्षका वकीलले न्यायाधीश श्रेष्ठले एमाले र माओवादी केन्द्र छुट्ट्याउने फैसला गरेको अनि न्यायाधीश केसीले त्यसको पुनरावलोकन अस्वीकार गरेको भन्दै ती मुद्दासँग अहिलेको मुद्दाको निकट सम्बन्ध रहेको जनाएँदै इजलासबाट हट्न भनेका थिए ।

IME Remittance