वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

जेष्ठ २१, काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । उक्त इजलासले नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइ गर्ने छ ।
प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना भएकाले खतिवडालाई सहभागि गराइएको छ ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलास विवादमा परेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ जना सांसदले रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् ।

उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशीलगायतले रिट दायर गरेका थिए ।

IME Remittance