काठमाडौं १५ जेठ, । सरकारले आर्थिक वर्ष २०७८ ७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहनुभएको छ । यसपालीको बजेट कोभिड नियन्त्रणमा केन्द्ति रहेको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरिसक्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।