सी के राउत

प्रदेश नं. ३ अन्तर्गत सप्तरी जिल्लाकाे महादेवा गाउमा सीके राउतकाे जन्म भएकाे थियाे । बेलायतकाे क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका सी के राउतकाे पूरा नाम चन्द्रकान्त राउत हाे । उनी इन्जिनीयर र कम्प्युटर विज्ञानका घगडान विद्वान पनि हुन । पढाइमा उनी निकै तीक्ष्ण प्रतिभा भएका व्यक्ति हुन । उनी अमेरिकी अन्तरिक्ष संस्था नासामा कृयाशील भएर केहि बर्ष काम गरेका थिए। । उनी लेखक पनि हुन र नेता पनि । विगत लामाे समय देखि उनले नेपालबाट मधेश अलग गर्नुपर्छ भनेर मधेशबादी अान्दाेलमा सकृय थिए । पटक पटक उनी पक्राउ परे र जेल गए ।

केही दिन अघिसम्म उनी जेलमा थिए। देश टुक्राउने अभियानमा लागकाे अाराेपमा उनी चाैतर्फी रूपबाट अालाेचित थिए । विभिन्न अपराधको आरोपमा लगाई उनलार्इ जेल चलान गरिरएकाे थियाे ।

तराइ र मधेशलार्इ नेपालबाट अलग्याउने अभियानमा सकृय रहेकाे बेला उनलार्इ माेरङ बाट पक्रिएकाे थियाे । उनले तराइ र मधेशलार्इ नेपालबाट टुक्राउने अभिप्रायले विभिन्न माग राखी तराइमा अान्दाेलन चलाएका थिए । उनले अगडी सारेकाे माग माेटा माेटी यस प्रकार थिए ः

मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने। जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्ने छ, नेपाली आधिपत्य सहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने ,नेपाली सेनालाई मधेसबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्नेस नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने, मधेसीबाट लिएको भूमि फिर्ता गराउने, मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोत माथिको नेपाल सरकारको नियन्त्रण हटाउने, संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने। यी माग पूरा गर्नु भनेकाे सम्पूर्ण रूपमा नेपालबाट मधेश अलग गर्नु नै हाे । सरकारले २०७५ साल फागुन २३ गतेका दिन सीके राउतसँग सम्झाेता गरेर सीके राउतलार्इ रिहा गरेकाे छ । चारै तिरबाट यसकाे विराेध अाइरहेकाे छ । याे सहमतिकाे परिणाम के हाेला हेर्न बाँकी नै छ ।

IME Remittance