सडकमै सुतेका मिटरब्याज पीडित बिहानदेखि बालुवाटारमा धर्ना

बर्दिबासबाट पैदल यात्रा मार्फत ११औँ दिनमा काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले सडकमै काठमाडौँको पहिलो रात काटेका छन् । बिहानदेखि उनीहरूले बालुवाटारमा  धर्ना दिएका छन्।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म बिरोध प्रदर्शन गरेका थिए।

यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटर ब्याजीमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू रहेका छन् ।

IME Remittance