काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने र संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए ।गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले बताए ।