नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच ऊर्जा र रेलवेमा सहकार्य गर्नेबारे चार वटा सम्झौता भएका छन्।भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटपछि दुबै देशका अधिकारीहरूले ती समझदारी/सम्झौतामा हस्ताक्षर गरेका हुन्।

 प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो ।

IME Remittance