चित्रबहादुर पनि जेल जाने : सोझा ‘जाइने बूढा’ को कमजोरी घुँडाघुँडा
काठमाडौं : सोझा र इमान्दार नेताको छबी बनाएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी अख्तियार दुरुपयोग गरेको मुद्दामा अख्तियारको कार्यालयमा तारेख बोकिरहेका छन् । विदेश पठाउने क्रममा आफ्ना दुई नातिका आमा–बाबु नै नक्कली बनाउँदा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि तारेख बोकाएको हो । तीन पटक सांसद भएका उनले आफू संविधानसभाको सभासद् भएको बेलामा आफै साक्षी बसी सही धस्काएर काुनन छल्दै जेठा छोरा सचित्र केसीका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएका थिए ।
कसीले ती दुवै नातिको बाबु मात्र हैन, आमा समेत फेरिदिए । नेता तथा सभासद केसी टुप्लुक्कै देखा परेपछि प्रशासनले पनि उनले ल्याएको लिखितमा ‘जो छ सो’ गरिदियो । जेठा छोराका दुई छोरा कान्छा छोराका भए । कानुनी प्रावधान ख्याल गरिएन वा उपेक्षित गरियो ।
केसीले कानुनी प्रावधान पछ्याएको भए धर्मपुत्र-पुत्री बनाउने बाटो खुला थियो । तर केसी भने गाउँघरको कुरा हो, चल्छ भन्नेतिर लागे । ‘कसैको केही बिगारिएको छैन, को पो मेरोविरुद्ध लाग्ला र’ भन्ने पनि उनलाई पर्न गयो । अन्तरहृदयदेखि ‘जाइने दूध पोखियो भागैमा’ भन्ने लागेका केसी कानुनको फन्दामा परिहाले । धेरै त व्यवहारिक पक्ष हेर्ने केसी कानुनी पक्षको त्यति वास्ता राखेनन् होला पनि ।
केसी परिवारले धर्मपुत्रसम्बन्धी कानुनी प्रावधानबाट नाबालकहरुको आमा–बाबु परिर्वतन गर्नेतिर लागेनन् र संरक्षक बनाउनेतिर पनि सोचेनन् । यसो गर्दा कानुन छल्न खोजेको बात लाग्ला भन्ने पनि सोचेनन् । अहिले आएर ढाँटेको कुरा काटे मिलेन । बूढा तारेख बोक्दै अख्तियार धाउने भए ।
कुरा यसो थियोः आफू सभासद भएको बेला केसीले गाउँ विकास समितिबाट झूटो सिफारिस बनाउन लगाई उक्त सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट ती दुई नातीहरुको नाबालिग परिचयपत्र बनाइदिए । १२ वर्षको जेठो नाती र ६ वर्षको कान्छो नाती आफ्नै कान्छा छोरा विष्णुबाटका बनाउन उनी आफै लागि परे ।
तत्कालीन माल्म गाउँ विकास समितिबाट यी दुवैको नाबालिग प्रमाणपत्रको सिफारिस बनेपछि त्यो सिफारिस बोकेर केसी परिवार जिल्ला प्रशासन कार्यालय बाग्लुङ पुग्यो । सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट सचित र सचिनको नाममा ११०४ र ११०६ नम्बरको नाबालिग प्रमाणपत्र जारी भयो, २०६७ सालमा । द नेपालटप https://www.thenepaltop.com/news/70067