माेहन विक्रम -पुरी भेटधाट



काठमाडौं । दशकौदेखि कम्यूनिष्ट पार्टीको अर्धभूमिगत राजनीति गर्दै आएका मसालका महामन्त्री मोहनविक्रम सिंह सुटुक्क भारतीय राजदूतसँग गोप्य भेटवार्ता गरेका छन् । भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग मोहनविक्रम सिंहले एक साताअघि ललिपुरको सानेपास्थित पार्टी प्यालेसमा भेटर्वार्ता गरेको स्रोतले बताएको छ । पत्नी तथा सांसद दुर्गा पौडेलसँगै उनीले भारतीय राजदूत पुरीसँग भेटावर्ता गरेका हुन् ।

अर्धभूमिगत राजनीति थालेदेखि उनी र उनको पार्टी मसालले भारतको रवैयाप्रति तिखो विरोध गर्दै आएको छ । सुगौली, महाकाली सन्धीदेखि पछिल्लो समयको बिषादी परीक्षण प्रकरणसम्म मसालले विरोध गरेको छ । एकातिर विरोध अर्कोतिर भारतीय प्रतिनिधिसँग गोप्य भेटघाटले मोहनबिक्रम सिंहको राजनीति चरित्रमाथी प्रश्न उठाएको छ । सिंह र पुरीबीच झण्डै दुई घण्टा सम्वाद भएको थियो । सम्वाद के बिषयमा भएको थियो त्यो भने अझै सार्वजनिक भइसकेको छैन ।

एकातिर अर्धभूमिगत अर्कोतिर संसद उपभोग गरेका मोहनबिक्रम सिहले यसअघि कुनैपनि राजदूतसँग भेटवार्ता गरेका थिएनन् । तर भारतीय राजदूतसँग उनको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । याे समाचार देशकाे न्युज ( Deshko news) मा प्रकाशित भएकाे छ ।

https://ehulaki.com/news/detail/12336/?fbclid=IwAR1QlT8ix5hlKzXsGwPJuxjT4MGWOBTWVvClcfcmw63wAMVnXqSNsCdlTVk

Prabhu Bank
IME Remittance