प्रकृति र म

प्रभातकाे लालचुनरी अाच्छादित हिमालकाे छटा देखेर इर्ष्या जाग्याे

त्यसलाइ धारे हात लाएँ ,हिमाल हाँसिरह्याे

हरदम विविध कलामा प्रस्तुत भइरहने चन्द्रमालाइ छुन नसकेर भट्टेसराप दिएँ


उ पनि धर्तीलाइ चाँदनी बाड्दै मुस्कुराउदै नाच्दै गयाे

सूर्यकाे साैर्य देखेर अाैडाहा भयाे , तेता फर्केर त्यसलाइ सकेसम्मकाे बल लगाएर थुकेँ

त्याे त झन वास्तै नगरेर प्रचण्ड तेजका साथ अडिग रह्याे, बरू अाफैले थुकेका थुकका छिटा झन मैमाथि बर्षिए

हाय मेराे दशा ! म पृथ्वीकाे सानाे जीव । अल्पायु मै प्रकृतिसँग पाैठेजाेरी खेल्न खेज्दा

अाेठमा अामाकाे दुग्धधारा सुक्न नपाउदै उनकै बगलीमा छुरी चलाउन खाेज्दा

मातृ बात्सल्यबाट तल खसेछु , झन दल दलमा फसेछु ।

शीरमा सूर्यकाे साैर्य , काँधमा चन्द्रमाकाे कला र हृदयमा प्रकृतिका कृतिहरू बाेकेर

माथि माथि सगरमाथातिरकाे यात्रा सुचारू गरिरहेका यात्रीहरूकाे लर्काे देखिरहेछु

अाउला कि काेही तेताबाट फर्केर मेराे उद्धार गर्न ?

IME Remittance