आखिर स्वभाब न हो :सुनील कुमार पौड्याल

मानिसको आनीबानी, स्वभाव, बोली, ब्यबहार, मानसिक स्थिति, सोच, अध्ययन आदि उसको पारिवारिक, समाजिक, संगतजन्य आदि पृष्टभूमिले निर्धारण गर्छ भन्ने कुरामा मतभेद होला भन्ने मलाई लाग्दैन । त्यसैले त भन्छन् नीं मान्छेको बोली, ब्यबहार आदिले उसको परिवारको इतिहास बोलिरहेको हुन्छ । संगत र ऊ हुर्केको समाजको भूगोल खोतलिरहेको हुन्छ ।
भर्खरैको संघीय संसदको युद्धलाई नैं हेरौन । देशको नियम, कानुन बनाउने, कुन रीतले देशलाई
डो(याउने, कसरी स्निग्ध, सबल, उन्नत र सभ्य समाज निर्माण गर्ने बिषयमा गम्भिर छलफल गर्ने, त्यही बमोजिम नीति निर्माण गर्ने र मतदाता तथा अन्य नागरिकवीच आँफू अत्यन्त असल तथा अब्बल नागरिक भएको उदाहरण बन्नु पर्ने ९खै भन्न पनि लाज लाग्छ० केही मान्छेले प्रष्टै रूपमा भनेको सुनियो मात्र हैन, संसारले थाहापाउने गरी सामाजिक संजालमा पनि ूअमुक व्यक्तिको टाउको फुटाउने योजना थियोू भनेको सुनियो, देखियो । दाँतले कसैको हात टोकेको पनि देखियो । कसैलाई लात हानेको पनि देखियो भने कुस्ती खेलेको जसरी कसैको ढाडमा चढेको पनि देखियो । कुस्ती अखाडामा त्यस्ता व्यक्ति वीर, वीराङ्गना वा नम्बरी कुस्तीवाजमा दरिएलान् तर संसदमा त ती असभ्य र जङ्गलीभन्दा राम्रो विशेषणको हक्दार कसरी होलान् र १ त्यो पार्टीभित्र सालिन, सौम्य, वास्तविक जनप्रतिनिधि भन्न सुहाउने व्यक्तिहरू नभएका हैनन् । आलोचना वा बिरोध गर्न पर्दा पनि सभ्य भाषामा तिनीहरू प्रस्तुत हुने गरेका थुप्रै उदाहरण छन् ।
हुन त यस्तो कुरा गर्दा ती असभ्य, जंगलीहरूले बिदेशमा पनि यस्तो हुन्छ, भएको छ भन्ने तर्क दिएर आफ्नो असभ्य व्यवहार उचित ठहर्छ भन्ने तर्क प्रस्तुत गर्लान् र भन्लान् संसदको अनुभव नहुनेले मात्र हाम्रा कृयाकलापलाई असभ्य देख्छन्, कहिले सांसद बन्न पाएका भए थाहापाउँदथे । बाँदरलाई अदुवाको स्वाद के थाहा १
अदुवाको स्वादको कुरा त बेग्लै भो तर साँच्चै भन्ने हो भने सदनभित्र बाँदर हैन चिम्पान्जी नैं बन्न पर्ने हो भने म अदुवाको स्वाद थाहा नपाउने बाँदर बन्न राजी छु तर मलाई चिम्पान्जी सांसद
कहिल्यै हुन नपरोस् । हुन त भनाइ छ मान्छेले मात्र हैन संसारमा याबत जिवात्मा जति छ्न् ती सबैले आँफूसँग जे छ त्यही प्रदर्शन गर्ने हुन् । जनावरमा पनि बल हुनेले बल प्रदर्शन गर्छन् , दगुर्न सक्नेले दगुरिरहन्छ्न् । जनावरको कुरा छाडिदिउँ, मान्छेको सन्दर्भ आएको बेला । मान्छेकै सन्दर्भमा पनि त त्यही कुरा लागु हुन्छ नीं । बुद्धि हुनेले बुद्धि देखाउँछ, बल हुनेले बल, सीप हुनेले सीप देखाउँछ, धन हुनेले धन त गहना हुनेले गहना । केही नहुनेले त्यस्तै पाखण्ड देखाउँछ, केही संघीय सांसद जसरी ।
सामान्य अवस्थामा त सबै मानिस सज्जन नैं लाग्छन् । मान्छेलाई वास्तविक रूपमा चिन्ने हो भने ऊ अप्ठेरो अवस्थामा भएको बेला उसको व्यवहार कस्तो हुन्छ त्यो हेरेर निर्धारण गर्नुपर्छ । एक थरी भन्छ्न् ूकुल घरान मान्छे भनेको सभ्य, सुसंस्कृत हुन्छ । म यो कुरामा विश्वास गर्दिन । कुल घरान नैं सभ्य र सुसंस्कृत हुनुको मापदण्ड हुन्थ्यो भने हाम्रो इतिहासमा दर्ज भएका रण बहादुर शाह जस्ता अनेक हाम्रा देशका र बिदेशका धुन्धकारी र विध्वन्सकारीलाई के भन्ने ? इतिहासको मात्र कुरा के गर्नु । वर्तमानमा पनि कुल घराना भन्ने मानिएका वा ठानिएका कतिपय धुन्धकारी र विध्वन्सकारीहरू हामीले देखेका मात्र हैन, भोगेका पनि छौं ।
संसारमा भएका ठूला ठूला नरसंहार यस्तै कुल घरान वा धनी भन्ने व्यक्ति, समुदाय वा मुलुकले नैं गरेका थिए, गरिरहेका छन् र गरिरहने छन् ।
तसर्थ मान्छेको स्वभाव, आनीबानी, बोली आदि धन वा दारिद्र्यको कारण निर्धारित हुने होइन उसको संगत, पारिवारिक वातावरण,सामाजिक परिवेशले निर्धारण गर्छ भन्ने कुरामा म विश्वस्त छु ।

 

IME Remittance