महिला स्वतन्त्रताको प्रतीक तिजलाई सशक्तिकरणसँग जोडेर अगाडि बढाऔँ

– सरास्वती सुवेदी,
इतिहासलाई विश्लेषण गर्दा मानवीय सभ्यताको सुरुवात सँगै मातृसत्ताको सुरुवात भएकोमा समयक्रमसँगै फेरिएर पितृसत्तामा रुपान्तरण भएको पाइन्छ । हाल पनि त्यसैको निरन्तरता चलिरहेको छ ।

प्राय गरेर विश्वमा नै पितृसतात्मक समाज चलिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । पितृसत्ताको सञ्चालनबाट महिलाहरु मनसिक रुपमा कमजोर महसुस गराइ उनीहरु माथि थिचोमिचो बढ्दै गएको पाइन्छ । यसै क्रममा पश्चिमा र पूर्वीय संस्कृतिको विकास हुने क्रममा विभिन्न चाड पर्वको विकास गए ।

नेपालमा पनि विभिन्न चाडपर्व मनाईन्छ । जस्तैः तिज, दशैँ, तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरु मध्ये तिज नेपाली महिलाको महान चाडको रुपमा परापूर्वकाल देखि मनाउँदै आइएको पाइन्छ समयको परिवर्तनसँगै यो चाड बढी भड्किलो तथा आफ्नो संस्कृतिलाई विर्सदै गएको भन्नेहरुको जमात पनि ठुलो बन्दै गइरहेको सन्दर्भमा यसलाई समयक्रम अनुसार परिवर्तनशिल बनाउँदै लैजाने र संस्कृितलाई जर्गेना गर्दै अगाडि बढाउने जिम्मेवारी आजको पुस्ताको काँधमा आइपुगेको छ ।
नेपालमा हाल पनि पितृसतात्मक समाज नै रही आएको छ । छोरीको विवाह पश्चात ऊ विवाहित केटाको घरमा बुहारी भएर भित्रिने परम्परा छ । जसले गर्दा आधुनिक समयमा विकासको क्रमसँगै घर माइती नजिक रहेता पनि परम्परागत समयमा विवाहिता छोरीले आफ्नो आमा बाबा, दिदीबहिनी, दाजुभाइलाई भेट्ने समय भनेको यही तिजको अवसर थियो ।

बालापनदेखि जोडिएका कुराहरु सँगको सामिप्यता अति नै घनिष्ट र आत्मपरक रहन्छ, जसलाई कसैले पनि नकार्न नसक्ला । त्यसैले तिजमा पनि आफ्नो बालापनदेखि जोडिएका आमा,बाबा दिदी, बहिनी, दाजुभाई साथीसगँ जोडिएका सामिप्यता पुन जागृत गराउने भएकाले यसलाई नेपाली महिलाले अति नै उल्लासमय रुपमा मनाउँदै आइरहेका छन् । यो संस्कृति परिस्कृत रुपमा अझ वर्षौ वर्षसम्म अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

“पारिवारिक जमघटमा मिठो चोखो पाक्नु, रमाइलो गर्नु, आजको व्यस्त समयमा कुनै नौलो र ठुलो कुरा होइन । तिजमा सबैको घरमा दर पाक्ने चलन छ । दरमा विशेषत: चिल्लो र बढी पोषणयुक्त खानेकुरा खाने भएकोले त्यसको भोलिपल्ट स्वास्थ मानिस व्रत बस्नुलाई ठुलो कुरा मान्नु नपर्ला, यसलाई हामीले अनिरन्तर उपवासको रुपमा पनि लिन सकिन्छ तर त्यो व्रतसँगै रहेका मान्यतालाई समयानुकुल परिवर्तन गर्दै लैजानु आजको आवश्यकता हो ”

कुनै प्रथा–परम्परा चल्दै आउनुमा हाम्रा पुर्खाले जानेर वा नजानेर पनि त्यसलाई अपनाउँदै आइरहनु भएको हुनसक्छ । सो परम्परा कसरी प्रचलित हुन पुग्यो भन्ने कुरालाई विश्लेषण गर्दा उक्त समयको सामाजिक र आर्थिक पक्षलाई पनि ध्यान दिदै ति परम्पराको विश्लेषण गरी अहिलेको आधुनिक समयको मर्मलाई आत्मसाथ गर्ने गरी अगाडि बढाउनु पर्ने आजको आवश्यकता देखिन्छ ।

संस्कृति भनेको विचार हो, त्यसैले विचार समय अनुसार परिवर्तनशिल छ । त्यस्तै हामी नेपाली महिलाको महान चाडको रुपमा रहेको तिज पर्व पनि एक संस्कृति हो । यस संस्कृतिलाई समयानुुुुुसार सकारात्मक परिवर्तशिलतर्फ लैजानु अहिलेको युवा पुस्ताको जिम्मेवारी हो ।

पारिवारिक जमघटमा मिठो चोखो पाक्नु, रमाइलो गर्नु, आजको व्यस्त समयमा कुनै नौलो र ठुलो कुरा होइन । तिजमा सबैको घरमा दर पाक्ने चलन छ । दरमा विशेषत चिल्लो र बढी पोषणयुक्त खानेकुरा खाने भएकोले त्यसको भोलिपल्ट स्वास्थ मानिस व्रत बस्नुलाई ठुलो कुरा मान्नु नपर्ला, यसलाई हामीले अनिरन्तर उपवासको रुपमा पनि लिन सकिन्छ तर त्यो व्रतसँगै रहेका मान्यतालाई समायानुकुल परिवर्तन गर्दै लैजानु आजको आवश्यकता हो ।

तिजमा जुन छोरीलाई विवाहिता भएमा श्रीमानको दीर्घायुको कामना गर्दै त अविवाहित भएमा सर्वगुणले सम्पन्न श्रीमान पाइयोस् भनेर व्रर्त बस्न लगाउने हाम्रो समाज परिपक्क भइसकेकी छोरीले रोजेको जिवनसाथीलाई सहर्ष स्वीकार गर्न सक्ने अवस्थामा छैन ।

हामी कतिन्जेल यो द्धैधात्मक चरित्रलाई लिएर हिड्ने । कतै हामी कुरीतिलाई थहा नपाउने तरिकाले लिएर हिँडिरहेका त छैनौँ ? के यसरी नै हाम्रा संस्कृतिलाई सदियौँ वर्ष अगाडि बढाउन सकिएला ? विशेष गरी तिज पर्वलाई अबको समयमा जवनसाथीसँगको पाटोलाई नै जोड्ने हो भने पनि त्यही अनुुुसार आफ्ना छोरीलाई समयानुसार परिस्कृत, जागृत तथा आफ्नो क्षमतामा निखारता र सशक्तिकरण कसरी गराउने भन्ने तिर आजका दिदीबहिनी अगाडि बढ्नु नपर्ला त ?
परम्परादेखि तिज पर्व महिलाको अभिव्यक्ति स्वतन्त्रताको दिनको रुपमा पनि रहँदै आएको पाइन्छ ।

वर्ष दिन भरी आफुूलाई परेका पीर, मर्कालाई गीतमार्फत हरितालिका तिजको दिनमा सबैलाई सुनाउने र आफ्ना पीडालाई वाहिर निकाल्ने दिनको रुपमा रहेको परम्परालाई अब हामीले आजको आधुनिक समयमा जिम्मेवरी, क्षमता विकास र सशक्तिकरणमा जोड दिँदा संस्कृति पनि अगाडि बढ्छ भने महिला पनि वैचारिक हिसाबले सशक्त बन्दै जाने परिपाटी बस्ला ।

कुनै पनि प्रथा, परम्परा, संस्कृतिका ति उद्गम हुने समयानुकुल भएर अगाडि बढेका हुन्छन् र सो समय फेरिँदै जाँदा पहिलेका अनुकुलता पनि प्रतिकुलतामा परिवर्तन हुनाले सो संस्कृति मासिंदै र मर्दै जान सक्छ । त्यसैगरी हाम्रो तिज पर्व पनि भड्िकलो र समयानुकुल तथा संस्कृतिमा आउने विचलनले पनि हराउन सक्छ ।

यसलाई आमा, बुवा, दिदीबहिनी, दाजुभाई तथा साथीहरु बीचको पे्रम र सद्भावलाई अझ बढी ओजिलो बनाउदैँ संस्कृती बचाइराख्नु आजको आवश्यकता हो । (लेखक अधिवक्ता हुनुहुन्छ )

IME Remittance