– वेदुराम भुसाल /
१. अक्टोबर क्रान्तिको चरित्र र महत्व
ज्ञढज्ञठ को अक्टोबर समाजवादी क्रान्ति विश्व मानव समाजको विकासलाई नै नयाँ मोड दिने एउटा महान् अग्रगामी छलाङ थियो । त्यस क्रान्तिले संसारलाई झकझकाएको थियो र श्रमिक वर्गलाई जगाएको थियो । लेव टल्सटोय (ज्ञढज्ञण्) का अनुसार “प्रत्येक क्रान्ति जनताको सत्तासँगको सम्बन्धमा परिवर्तन हो” (पृ. २) । अक्टोबर क्रान्ति पनि रुसी जनताको जारशाही सत्तासँगको सम्बन्धमा परिवर्तन थियो । तर, त्यो परिवर्तन पहिले–पहिलेका क्रान्तिले गर्ने जस्तो सामान्य परिवर्तन मात्र भने थिएन । त्यो त सत्ताको मूल चरित्र अर्थात् त्यसको वर्ग चरित्रलाई नै बदल्ने परिवर्तन थियो । किनभने पहिलेका क्रान्तिहरुले सत्तालाई एउटा मालिक वर्गको हातबाट खोसेर अर्को मालिक वर्गको हातमा सुम्पन्थे भने अक्टोबर क्रान्तिले सत्तालाई मालिक वर्गको हातबाट खोसेर श्रमिक वर्गको हातमा सुम्पिदियो । त्यस क्रान्तिले मजदुर र किसान जस्ता श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने सत्ता स्थापना गरेर त्यस बेलासम्म अजेय जस्तै ठानिने पुँजीवाद परास्त हुन सक्छ र असम्भव जस्तै ठानिने सर्वहारा श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्न र चलाउन सकिन्छ भन्ने व्यवहारबाट नै प्रमाणित गरिदियो । त्यसले राज्यसत्ताको इतिहासमा एउटा नयाँ युगको थालनी गरिदियो । पहिलेका क्रान्तिहरुले शोषणका रूपहरु मात्रै बदल्ने गर्दथे । अक्टोबर समाजवादी क्रान्तिले शोषणका रूपहरु मात्र बदल्ने होइन, शोषणकै अन्त्य गर्ने लक्ष्यका साथ काम सुरु गरेर मानव समाजको सर्वाङ्गीण विकासका निम्ति नयाँ बाटोको ढोका खोलिदियो । त्यसैले त्यो क्रान्ति पहिले–पहिलेका क्रान्तिहरुभन्दा बिल्कुलै भिन्न चरित्रको क्रान्ति थियोे र विश्व मानव समाजको इतिहासका सर्वाधिक महत्वपूर्ण घटनाहरुमध्ये एक थियो । एम.एन.रोय (ज्ञढद्धढ) का अनुसार “अक्टोबर क्रान्ति आधुनिक इतिहासको सबैभन्दा महत्वपूर्ण घटना थियो, किनभने यसले मानव इतिहासको नयाँ अध्याय सुरु गरेको थियो । …यसलाई एकातर्फ समाजवाद स्थापना गर्न लागिपरेका शक्तिहरुको पहिलो विजयका रूपमा स्वागत गरिएको थियो भने अर्कोतर्फ पुँजीवादको मुत्युघण्टीका रूपमा लिएर त्रास मानिएको थियो” (पृ. १) ।
त्यस महान् क्रान्तिले स्थापना गरेको त्यो श्रमजीवी वर्गीय सत्ता ढलेको छ । त्यो गौरवशाली इतिहास उल्टिएको छ । तर पनि त्यस क्रान्तिले विश्व मानव समाजमा पारेको प्रभाव भने आहिले पनि धेरै हदसम्म कायमै छ । मानव समाजको इतिहासमा त्यसको जुन स्थान र महत्व हो, त्यो अहिले पनि कायमै छ र युग युगान्तरसम्म रहिरहने छ ।
२. अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव
अक्टोबर समाजवादी क्रान्ति एकाध मुलुकलाई मात्रै होइन, समस्त विश्वलाई नै प्रभावित गर्ने एक महान् घटना थियो । त्यस क्रान्तिले एकातर्पm विश्व सर्वहारा वर्गको युगिन दायित्वलाई उजागर गरेर व्यवहारमा उतारिदियो भने अर्कोतर्फ, अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा नयाँ धु्रवीकरण सिर्जना गरिदियो । इतिहाकार सोवोलेव (ज्ञढठड) का अनुसार यस “क्रान्तिले विश्वलाई पुँजीवादी र समाजवादी दुई व्यवस्थाहरुमा विभाजित गरेको थियो” (पृ. ४३) । त्यसैले यस क्रान्तिलाई एकथरि मान्छेहरुले एम.एन. रोयले भने जस्तै समाजवादको पहिलो विजयका रूपमा लिएका थिए भने अर्काथरि मान्छेहरुले पुँजीवादको मृत्युघण्टीका रूपमा लिएका थिए । चाहे जुनसुकै रूपमा होस्, यसले सबैखाले मान्छेहरुलाई प्रभावित गरेको थियो । संसारभरका श्रमजीवी वर्ग र श्रमजीवी वर्ग पक्षधर शक्तिहरुमा यस क्रान्तिले सकारात्मक प्रभाव पारेको थियो र उनीहरुले यसबाट आफ्नो उपर्युक्त युगिन दायित्व पुरा गर्नका निम्ति उत्प्रेरणा प्राप्त गरेका थिए । पुँजीवादी व्यवस्थाका पक्षधरहरुले यसलाई नकारात्मक ढङ्गले लिएका थिए ।
अक्टोबर क्रान्ति पश्चात् विश्वमा दुई खाले व्यवस्थाको अस्तित्व कायम भयो ः एउटा पहिलेदेखि अस्तित्वमा रहेको पुँजीवादी व्यवस्था र अर्को भर्खरै अस्तित्वमा आएको समाजवादी व्यवस्था । यी दुई व्यवस्थाबीच अन्तर्विरोध रह्यो र सङ्घर्ष चल्न थाल्यो । दुवैले आ–आफ्नो प्रभाव विस्तारमा जोड दिए । समाजवादी व्यवस्था नयाँ भएकाले त्यसको प्रभाव तीव्र गतिले पैmलिदै गयो । विभिन्न मुलुकमा गठन भइसकेका कम्युनिस्ट पार्टीहरुले उत्साहपूर्वक क्रान्तिकारी गतिविधि सञ्चालन गर्न थाले भने कम्युनिस्ट पार्टी निर्माण नभएका मुलुकमा पनि कम्युनिस्ट पार्टी निर्माण गरी त्यसको नेतृत्वमा क्रान्तिकारी गतिविधि सञ्चालन गर्ने कार्य रफ्तारका साथ हुन थाल्यो ।
अक्टोबर क्रान्ति सम्पन्न भएको एक वर्ष केही महिनापछि ज्ञढज्ञढ को मार्चमा गठित तेश्रो अन्तर्राष्ट्रिय अर्थात् कम्युनिस्ट अन्तर्राष्ट्रिय (कोमिन्टर्न) ले कम्युनिस्ट आन्दोलनको विस्तार र विकासमा अत्यन्त ठुलो योगदान ग¥यो । त्यसै परिवेशमा संसारका धेरै मुलुकहरुमा कम्युनिस्ट पार्टीहरु गठन गरिए । अक्टोबर क्रान्तिपूर्व युरोप र अमेरिकामा मात्र सीमित रहेको कम्युनिस्ट आन्दोलन अब संसारभर फैलियो । पूर्वका उत्पीडित जाति र राष्ट्रहरुका निम्ति यो क्रान्ति मुक्तिमार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्ने सबैभन्दा ठुलो घटना बन्यो । इतिहासकार मानफ्रेद (ज्ञढडण्) का अनुसार यस क्रान्तिले “एसिया र अफ्रिकाका जनताको ऐतिहासिक नियतिमा निर्णायक प्रभाव पा¥यो” (पृ. १७१) भने उल्यानोब्स्की (ज्ञढठढ) का अनुसार “पूर्वका उत्पीडित जनसमुदायलाई स्वतन्त्रताका निम्ति साम्राज्यवादका विरुद्ध दृढताका साथ खडा हुन प्रेरणा प्रधान गर्ने यो क्रान्ति अफ्रिकी र एसियाली मुलुकहरुमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ गर्ने घटना बन्यो” (पृ. ७०) । अक्टोबर क्रान्तिपछि अन्यत्र जस्तै एसियाली मुलुकहरुमा पनि कम्युनिस्ट सिद्धान्तको प्रभाव व्यापक रूपमा फैलियो, त्यसको पक्षधर जनमतमा उल्लेख्य मात्रामा वृद्धि भयो र कम्युनिस्ट पार्टी गठन गर्ने कार्य तीव्र गतिमा अगाडि बढ्यो । त्यसै क्रममा नेपालमा पनि उक्त क्रान्तिको प्रभाव आइपुग्यो ।
३. अक्टोबर क्रान्तिले नेपालमा पारेको प्रभाव
अक्टोबर क्रान्तिले नेपालमा पारेको पहिलो प्रभाव राजनीतिक प्रभाव हो । किनभने जहानियाँ राणा शासनलाई फ्याँकेर लोकतान्त्रिक शासन व्यवस्था ल्याउनका निम्ति सङ्घर्ष गर्ने नेपाली राजनीतिको पहिलो पुस्ता अक्टोबर क्रान्तिबाट प्रभावित थियो भन्ने कैयन् प्रसङ्गहरु यहाँको राजनीतिक इतिहासमा फेला पर्दछन् । क. पुष्पलाल (ज्ञढठद्ध) का अनुसार १९८७ सालमा ‘प्रचण्ड गोर्खा’ गठन गरी राणा शासन विरोधी गतिविधि गर्ने क्रान्तिकारीहरुका विरुद्ध ‘ट्रायल’ का दौरान राणा प्रधानमन्त्री भीम शमशेरले ‘यस्ता राजद्रोहीलाई रुसका जारले हात्तीलाई कुल्चाएर मार्थे, अब हामी के गर्ने हो ?’ भनी सोद्धा भारदारहरुले उत्तर दिनुभन्दा पहिले नै क्रान्तिकारी नेताले ‘जारशाहीको तख्ता उल्टिसकेको छ’ भन्ने जवाफ दिएका थिए । (पृ.२६) त्यस जवाफबाट ती क्रान्तिकारीहरु रुसको क्रान्तिबाट प्रभावित भएर राणाशाही विरोधी गतिविधिमा लागेका रहेछन् भन्ने स्पष्ट हुन्छ । वी.पी. कोइराला (२०५५) का अनुसार २००३÷४ सालतिर भारतमा निर्वासित नेपाली परिवारहरुमा उक्त क्रान्तिको बारेमा खुब चर्चा हुने गर्दथ्यो । त्यसको भावुक पक्ष प्रचारमा खुब आएको थियो कि अब गरिबहरुको राज्य भयो, सर्वहाराको राज्य कायम भयो । (पृ. ७) यसबाट त्यस बेला नेपालमा राजनीतिक आन्दोलन चलाउँदै गरेकाहरुमा अक्टोबर क्रान्तिले कुनै न कुनै हिसाबको प्रभाव पारेकै रहेछ भन्ने स्पष्ट हुन्छ ।
नेपालमा क्म्युनिस्ट आन्दोलन प्रारम्भ गर्न र कम्युनिस्ट पार्टी गठन गर्नका निम्ति अक्टोबर क्रान्तिले नै सबैभन्दा ठुलो प्रभाव पारेको र प्रेरणा प्रदान गरेको थियो भन्दा अत्युक्ति हँुदैन । नेपाली कम्युनिस्ट आन्दोलनका प्रारम्भकर्ता क. पुष्पलाल अक्टोबर क्रान्तिबाट कति प्रभावित हुनु हुन्थ्यो भन्ने कुरा उहाँकै लेखनबाट स्पष्ट हुन्छ । उहाँ लेख्नु हुन्छ– “एक दिनको कुरा हो । जब म केटाकटी नै थिएँ । गङ्गालाल आफ्ना साथीहरुसँग राजनीतिक विवादमा व्यस्त थिए । उनीहरुले धेरै विवाद गरे । मेरो दिमागमा केवल दुई वटा कुरा अडे, ती हुन्– रुसमा एक त ईश्वरको अस्तित्व छैन, अर्को त्यहाँ भोकानाङ्गा छैनन् । यसरी मैले जीवनमा भौगोलिक रूपमा होइन, सामाजिक र राजनीतिक रूपमा रुसको नाम पहिलोचोटी सुने र म त्यहाँको समाजवादी व्यवस्थाप्रति आकर्षित भएँ । ०९७ सालको काण्डपछि म पनि नेपालका राजनीतिक विचारगोष्ठीहरुमा सरिक हुन थालेँ । यस्तै गोष्ठीमध्ये जोरगणेश प्रेसमा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल आदिका बीचमा अन्तर्राष्ट्रिय राजनीतिको बहस हुँदा दोश्रो चोटी मैले रुसको नाम सुनेँ । सो गोष्ठीको कुनै एक मित्रले भने– ‘रुसमा भूमिसुधार हुँदा एक–चौथाइ जमिन बढ्यो ।’ यसको कारण दिदै उनले भने– ‘जमिनको राष्ट्रियकरण गर्दा आलीनाली मासिएकाले ।’ त्यसै दौरानमा मैले एक मित्र सूर्यबहादुर भारद्वाज मार्फत् विश्व प्रसिद्ध समाजवादी साहित्य ‘आमा’ नामक गोर्कीको उपन्यास पढेँ । यसरी क्रमिक रूपबाट कम्युनिस्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो ।” (पुष्पलाल, २०५३, पृ. ८) यसरी कम्युनिस्ट विचारधाराबाट प्रभावित भएपछि क. पुष्पलालले सबभन्दा पहिला विश्व प्रसिद्ध कम्युनिस्ट घोषणा पत्रको नेपाली भाषामा अनुवाद गरी त्यसमा आफ्नो मौलिक रचनाको रूपमा एक भूमिका समेत लेख्नु भयो । त्यो भूमिका नै एक नेपालीद्वारा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ नेपाली भाषामा लेखिएको पहिलो राजनीतिक रचना हो । नेपाली समाजको सर्वप्रथम ऐतिहासिक भौतिकवादी विश्लेषण गर्ने त्यस रचनामा अक्टोबर क्रान्तिको व्यापक प्रभाव रहेको देखिन्छ । त्यसपछि लेखिएका नेकपाको पहिलो पर्चा (अपिल) र पहिलो घोषणा पत्र लगायतका राजनैतिक रचनाहरुमा पनि अक्टोबर क्रान्तिको राम्रै प्रभाव परेको देखिन्छ ।
नेपालमा अक्टोबर क्रान्तिको सन्देश कहिले कसरी आइपुग्यो भन्नेबारेमा प्रष्टसँग प्रकाश पार्ने ठोस प्रमाणहरु फेला परेका छैनन् । कोमिन्टर्नको दोश्रो महाधिवेशन (ज्ञढद्दण्) लगत्तै भारत, चीन, अफगानिस्तान, टर्की, इरान लगायत मुलुकका प्रतिनिधिहरुको सहभागितमा पूर्वका राष्ट्रहरुको प्रथम महाधिवेशन गरिएको थियो (सोवोलेव, ज्ञढठड, पृ. १०६) । त्यसपछि पूर्वमा क्रान्तिको प्रचार गर्नका निम्ति रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रीय कमिटिको मातहतमा ‘विदेशी कम्युनिस्टहरुको सङ्घ’ र ‘पूर्वेली जनताका कम्युनिस्ट सङ्गठनहरुको केन्द्रीय ब्युरो’ लगायतका संयन्त्रहरु गठन गर्ने र ती संयन्त्रहरु मार्पmत् विभिन्न भाषामा अनेकौँ प्रचार सामग्रीहरु बनाएर वितरण गर्ने तथा हजारौँ युवाहरुलाई तालिम दिएर राजनीतिक रूपले सचेत सङ्गठनकर्ता तयार गरी विभिन्न मुलुकमा पठाउने काम समेत भएको थियो (उल्यानोब्स्की, ज्ञढठढ, पृ. ८५, ८८ र ८९) । त्यसरी योजनाबद्ध ढङ्गले पठाइएका प्रचारक र प्रचार सामग्रीहरु सिधै नेपाल आए÷नआएको प्रष्ट नभएता पनि त्यसबेला विदेशमा रहेका नेपालीहरुबीच भने कुनै न कुनै माध्यमबाट पुगेको हुन सक्तछ । किनभने इतिहासकार वालचन्द्र शर्माका अनुसार “प्रथम विश्वयुद्धबाट फर्किएर आएका स्वदेशी सैनिकहरुले नेपालमा सामाजिक चेतनालाई अनुप्राणित गरे” (पृ. ४००) भने क. पुष्पलाल (२०५३) का अनुसार दोश्रो विश्वयुद्धको बेला अङ्ग्रेजी फौजमा रहेका नेपालका गरिब तथा सुकुम्बासी किसानका छोराहरुले रुसमा सुकुम्बासी सर्वहाराको राज्य कायम भएको सुने र युद्धपछि घर फर्कदा यो शुभ समाचार नेपालका कुनाकाप्चामा पु¥याए (पृ. ७) ।
४. नेपाली कला साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव
अक्टोबर क्रान्तिले नेपाली कला साहित्यमा एउटा ठुलो क्रान्तिकारी मोड दिने खालको प्रभाव पारेको छ । साहित्य र कला समाजको ऐना हो । त्यस ऐनामा समाजको प्रतिबिम्ब देखिन्छ । त्यो प्रतिबिम्ब कसरी उतार्ने भन्ने कुरा दृष्टिकोणमा भर पर्दछ । प्रतिबिम्ब उतार्नका निम्ति चाहिने पहिलो वस्तुका रूपमा नेपाली समाज त पहिलेदेखि नै विद्यमान थियो तर त्यसको विश्लेषण गर्ने वैज्ञानिक दृष्टिकोण थिएन । यहाँको कला साहित्यमा अध्यात्मवादी दर्शन, भाग्यवाद र भक्तिवादको व्यापक प्रभाव थियो । साहित्य अरूका निम्ति होइन, आफ्नै आनन्दका निम्ति (स्वान्तः सुखाय) हो, कला कलाकै निम्ति हो, कला र साहित्य केवल मनोरञ्जनका साधन मात्रै हुन्, यिनको अरू कुनै लक्ष्य र महत्व हँुदैन भन्ने दृष्टिकोणको प्रभुत्व थियो । त्यसैले त्यस बेला साहित्यको नाममा या त देवीदेवताका स्तुतिगान लेखिन्थे या राजा महाराजा र कुल घरानियाँ भनिनेहरुका गौरव गाथा लेखिन्थे । कि त “प्रेमलहरी” र “मदनलहरी” जस्ता भद्दा प्रेमगीतहरु लेखिन्थ्यो । कलाको नाममा देवीदेवताका मठमन्दिर अगाडि हात जोरेर बसेका मानव मूर्ति बनाएर भक्तिभाव दर्शाउने गरिन्थ्यो । साहित्य वर्गोपरी हुन्छ र त्यसमा सबैको हित हुने कुरा हुन्छ भन्ने गरिन्थ्यो तर व्यवहारमा भने त्यसको ठिक उल्टो शासक वर्गको हित गर्ने विचारको प्रचार सामग्रीका रूपमा साहित्य रचना गरिन्थ्यो । साहित्य र कला राजनीतिबाट स्वतन्त्र हुन्छन् भनिन्थ्यो तर शासकहरुको प्रशंसामा काव्य, महाकाव्यहरु लेखिन्थ्यो वा लेखाइन्थ्यो । त्यसैले त्यस बेलाको कला साहित्यले आम जनतामाझ अध्यात्मवादी दर्शन, रुढिवादी एवम् चाकरीवादी संस्कृति र अन्धविश्वास पैmलाउने माध्यमको काम गर्दथ्यो । त्यस प्रकारको अवस्थामा रहेको नेपाली कला, साहित्यमा दोश्रो विश्वयुद्धको समयतिर आएपछि अक्टोबर समाजवादी क्रान्तिको प्रभाव पर्न थाल्यो । त्यस क्रान्तिले यहाँको कला, साहित्य क्षेत्रलाई कला, साहित्य सम्बन्धी उपर्युक्त भ्रान्त धारणाहरुमाथि प्रहार गर्ने क्रान्तिकारी विचार र पे्ररणा प्रदान ग¥यो । समाजको सही विश्लेषण गर्ने द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण अगाल्ने प्रेरणा प्रदान ग¥यो । कला, साहित्य सम्बन्धी प्रगतिवादी दृष्टिकोण अँगाल्ने शिक्षा र प्रेरणा प्रदान ग¥यो । त्यसपछि यहाँ कला कलाको निम्ति मात्रै होइन, कला त विचार अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो भन्ने दृष्टिकोण राखेर कला सिर्जना हुन थाल्यो र साहित्य विचार सम्प्रेषण गर्ने एक सशक्त माध्यम हो भन्ने दृष्टिकोणका साथ साहित्य रचना हुन थाल्यो । साहित्य र कला समाजको प्रतिबिम्ब अर्थात् निश्चित प्रकारको आर्थिक–सामाजिक एवम् राजनीतिक व्यवस्थाको प्रतिबिम्ब हुने भएकाले वर्गीय समाजको कला साहित्य वर्गोपरि र राजनीतिबाट स्वतन्त्र हुनै सक्तैन, त्यो वर्गीय चरित्रको नै हुन्छ र त्यो वर्गीय विचार सम्प्रेषण गर्ने तथा वर्गीय हित अभिव्यक्त गर्ने माध्यम नै हुन्छ भन्ने दृष्टिकोणका साथ कला साहित्यको सिर्जना हुन थाल्यो । अनि यहाँको साहित्यले प्रगतिवादी दृष्टिकोणका साथ आम श्रमजीवी जनताका हक–हितको पक्षपोषण गर्न थाल्यो र यसरी क्रान्तिको बिगुल फुक्न थाल्यो ः
“पहाड पर्वत खोलानाला जग्गा जमिन सबको,
मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको,
नाश गरौँ यो राणाशाही, ध्वस्त गरौँ यो तानाशाही,
जाऔँ क्रान्ति गरौँ, अब क्रान्ति गरौँ” (प्रजातन्त्र सङ्घको परेड गीत)
“म क्रान्तिको भोको छु, क्रान्तिले मरोे छाक टार्न बाँकी नै छ ।” (गोपालप्रसाद रिमाल)
शोषण गर्ने परिपाटीको अब दिन गए भन्दै साहित्य कुर्लिन थाल्यो–
“सयमा दश पाँच धनी गनिनु अरूले तिनका करिया बनिनु,
विधिको यदि यही छ विधान भने अब त्यो विधिको पनि आयु पुग्यो ।” (महानन्द साप्कोटा)
त्यसपछि क्रान्ति बिना शान्ति नहुने ठोकुवा साहित्यमै गर्न थालियो–
“क्रान्ति बिना यहाँ शान्ति असम्भव छ ।” (सिद्धिचरण श्रेष्ठ)
अनि, साहित्य मार्फत् नै क्रान्तिको ज्वाला निरन्तर दन्किरहने उद्घोष पनि हुन थाल्यो–
“भविष्यमा तिम्रो स्वार्थ टिक्न पाउने छैन,
याद राख क्रान्तिकारी ज्वाला निभ्ने छैन ।” (गोकुल जोशी)
धनवाद र जनवादको द्वन्द्वमा जनवादको विजय हुने उद्घोष गर्दै साहित्य बोल्न थाल्यो–
“धनवाद तिम्रो जनवाद हाम्रो एकदिन दाजौँला,
आमाको काखमा देशको नाममा एकदिन बाझौँला,
तिमी र हामी सङ्घर्षरत छौँ हेरौँला को थाक्छ ?” (भुपेन्द्र सर्वहारा)
अधिकार मागेर पाइदैन, लडेरै लिनु पर्छ भनेर जोड दिदै साहित्यमा भन्न थालियो–
“भिक्षाले हक पाइदैन, अहिले सङ्घर्षको ठिक गर ।” (केवलपुरे किसान)
सहिदले बगाएको रगतको सम्मान भइरहोस् र राष्ट्रको स्वतन्त्रता कायम रहिरहोस् भन्ने भावना कवितामा पोखिन थाल्यो–
“सहिदको रक्त जिन्दावाद रहोस् कायम सधैँ आजाद ।” (युद्धप्रसाद मिश्र)
यसरी यहाँ अक्टोबर क्रान्तिको प्रभाव परेपछिको परिवेशमा क्रान्तिकारी भावनाले ओतप्रोत भएका साहित्यिक रचनाहरुको सिर्जना हुन थाल्यो, क्रान्तिकारी विचार बोकेका रचनाहरुको सिर्जना हुन थाल्यो । यहाँ प्रस्तुत गरिएका सबै उदाहरणहरु कविता विदाका मात्रै भए पनि त्यस्ता क्रान्तिकारी साहित्यिक रचनाहरुको सिर्जना कविता विदामा मात्र नभएर कथा, उपन्यास, नाटक, निवन्ध, चित्रकला लगायत साहित्य र कलाका सबै विदामा भएको थियो । यस छोटो आलेखमा ती सबै पक्ष समेट्न नसकिएको मात्र हो ।
अक्टोबर क्रान्तिको प्रभाव खालि क्रान्तिकारी साहित्य र कलाको सिर्जनामा मात्रै सीमित रहेन । त्यसले यहाँका क्रान्तिकारी साहित्यकर्मी एवम् कलाकर्मीहरुलाई सङ्गठित भएर अगाडि बढ्ने प्रेरणा समेत प्रदान ग¥यो । प्रलेसको गठन पनि त्यसै पृष्ठभूमिमा भएको थियो भन्दा अत्युक्ति नहोला ।
५. निष्कर्ष
निष्कर्षको रूपमा भन्नु पर्दा अक्टोबर समाजवादी क्रान्तिले नेपाली कला, साहित्यलाई एउटा ठुलो क्रान्तिकारी मोड दिने प्रभाव पा¥यो । त्यसले यहाँको कला, साहित्यलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन र प्रगतिवादी दृष्टिकोण दियो । साहित्य र कला सामाजिक वर्गका विचार एवम् लक्ष्य उद्देश्य अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् भन्ने चेतना दियो । समाजका सर्वहारा श्रमजीवी वर्गको पक्षपोषण गर्ने क्रान्तिकारी कला साहित्यको सिर्जना गर्ने शिक्षा एवम् प्रेरणा प्रदान ग¥यो र यहाँको कला, साहित्य क्षेत्रलाई सङ्गठित भएर अगाडि बढ्ने पे्ररणा समेत प्रदान ग¥यो । अक्टोबर समाजवादी क्रान्तिले नेपाली कला साहित्यमा पारेको मूलभूत प्रभाव यही हो ।
सन्दर्भ सामग्री
कोइराला, वी.पी. (२०५५), आत्म वृत्तान्त, ललितपुर, जगदम्बा प्रेस
पुष्पलाल, (२०५३) नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास, काठमाडौँ, पुष्पलाल स्मृति प्रतिष्ठान
….., (ज्ञढठद्ध), नेपाली जनआन्दोलन एक समीक्षा, स्थान अनु. नयाँ जनवादी प्रकाशन नेपाल
मानफ्रेद, अ.ज. (अनु. नरेश वेदी), (ज्ञढडण्), सङ्क्षिप्त विश्व इतिहास, दूसरा भाग, मास्को, प्रगति प्रकाशन
सोवोलेव, अ.ई. (अनु. अली अशरफ) (ज्ञढठड), कम्युष्टि इन्टरनेसनल का संक्षिप्त इतिहास, मास्को, प्रगति प्रकाशन
शर्मा, वालचन्द्र, (मिति अनु.), नेपालको ऐतिहासिक रूपरेखा, वाराणसी, कृष्णकुमारी देवी
च्यथ, ः। ल्। ९ज्ञढद्धढ०। त्जभ च्गककष्बल च्भखयगितष्यल। ऋबअिगततब। च्भलबष्ककबलअभ एगदष्किजभचक।
त्यकतयथ, ीभय। ९ज्ञढज्ञण्०। त्जभ च्गककष्बल च्भखयगितष्यल। ीयलमयल। त्जभ ँचभभ ब्नभ एचभकक।
ग्थिबलयखकपथ, च्।ब्। ९ज्ञढठढ०। त्जभ ऋयmष्लतभचल बलम तजभ भ्बकत। ःयकअयध, एचयनचभकक एगदष्किजभचक।
(द्रष्टव्य ः ईस्वी सम्वत् अङ्ग्रेजी अङ्कमा र विक्रम सम्वत् नेपाली अङ्कमा लेखिएको छ)