कसैको लोकमा हुन्न एकैनास समुन्नति
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।
The tusk that clashed in mighty brawls
Of mastodons, are billiard balls
The sword of Charlemagne the Just
Is ferric oxide, known as rust.
The grizzly bear whose potent hug
Was feared by all, is now a rug. सुनिलकुमार पाैडेल
लेखनाथ र आर्थर गिटरमैनको कविताका यी हरपहरू एउटा स्कुलमा र आर्को कलेज पढ्दा ताका पढेको हुनाले मेरो मन मस्तिष्कमा यिनले अत्यन्तै प्रभाव पारेका हुन् । र मैले सँधै यो कुरालाई मनन र अभ्यास गरेको हुँ । लेखनाथका हरप त आम पाठकले बुझ्ने भएकोले अर्थ्याउन परेन । आर्थरका हरपहरू चैं अर्थ्याउन पर्लाजस्तो लागेर अ-सुनील कुमार पौड्यालर्थ्याउन जमर्को गरेकोछु ।
आर्थरको हरपहरूका भावार्थ शक्तिशाली मैस्टोडोनको (दश हजार देखि एघार हजार वर्ष अगाडि यो संसारबाट लोप भएको हात्ती जातिमा पर्ने तर हात्तीभन्दा ठूलो र शक्तिशाली जनावर ) दाह्राबाट बिलियार्ड खेलको सानो बल बनेको छ ।
(सन् सातसय अट्सट्ठीदेखि आठसय चौधसम्म पश्चिमी युरोपका प्राय सबै भागमा आधिपत्य जमाएका) शक्तिशाली चार्लेमेन महानको तरवार खिया लागेको छ । खैरो शक्तिशाली ग्रिज्ली भालु जसले सबैलाई त्रसित तुल्याउँथ्यो त्यसको भुवाबाट कम्बल बनेकोछ । भनाइको तात्पर्य शक्ति क्षणिक छ । शक्तिको मदले मात्तिनु हुँदैन । भुईंमा न भाँडामा हुनुहुँदैन ।
हुन त यस संसारमा शक्तिमा पुगेकाहरू एकाध बाहेक धेरैको व्यबहारबाट के देखिएकोछ भने ती सँधै शक्तिमा रहिरहनेछन वा शक्ति तिनको दाश हो सँधै तिनको अघिपछि निहुरीमुंटी लगाएर भौंतारिरहन्छ भन्ने ठान्छन् । चाहे त्यो पदको माद होस् या धनको या बलको । अब बिदेशदेखि कै कुरा गरौंन । धेरै अगाडिको इतिहास किन कोट्याउनु ! ईटालीको मुसोलिनीको कुराबाट सुरु गरौँ । आफ्नो शक्ति कहिले क्षीण हुँदैन भन्ने भ्रमका कारण सुरुका क्रान्तिकारी समाजवादी मुसोलिनी पछि एक नम्बरको फासिवादी भएर निस्किए । त्यसैगरी सुरुका राष्ट्रवादी हिटलरले पछि फासिवादी भएर थुप्रै नरसंहार गरे । अब अहिलेकै कुरा गरौँन ! शक्तिको समय सीमा थाह हुँदाहुँदै पनि डोनाल्ड ट्रम्फ यस्तो भ्रमजालमा छन् कि शक्तिको मदले जे पायो त्यही बोल्ने र जे मन लाग्यो त्यही गर्ने काम गरिरहेका छन् ।
नेपालकै कुरा गर्ने हो भने पनि शक्तिमा हुँदा बि पी बाबुलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै चाहिएकै हो । जब कि दुइटै पदमा बस्न पाइदैन भनेर दाजुलाई निकालेकै हो । दम्भले थापा र पाण्डेको पतन पनि इतिहासमा पढिएकै हो । हिजोका जंग बहादुर र तिनका सन्तानको हविगत देखिएकै हो । १०४ वर्षे राणाशासन र झन्डै अढाई शताब्दीको शाह शासनको पतन पनि देखिएकै हो । तिनका अत्याचार र व्यभिचार पनि भोगेकै हो । शक्ति भनेको अन्धो नैं हुन्छ कि क्या हो ! आँफूले जे गरेको छ त्यै मात्र ठीक, जे गर्न लागेकोछ त्यै नैं ठीक ! त्यसको अन्ध समर्थन गर्ने मात्र आफ्ना अरू सबै बैरी ! शायद त्यसैले भनिन्छ Power is Corrupt ‘शक्ति दुषित हुन्छ’ ।
त्यसैले होला पहिलेका घनिष्ट मित्र पनि शक्तिमा छैनन् भनें शक्तिमा पुगेकाले चिन्दैनन् , दाजु नभएपनि दाजु सम्बोधन गरिने गरेकाहरू फलानाजीमा परिणत हुन्छन् । शक्तिको मात यति धेरै लाग्दो रहेछ कि मानिसलाई मानिस नठान्ने हुँदो रहेछ । आंफू सबभन्दा ठूलो अरू सब तृण वा भुसुना मानिंदा रहेछन् । शक्ति क्षणिक हो भन्ने सर्वमान्य सत्य बिर्सिएर आफ्नो शक्तिलाई अनन्त र अविनाशी ठान्दा रहेछन् ।
अनि यही शक्तिको दम्भले किचिएपछि ठीक बेठीक पहिल्याउन नसकेर भड्खालामा जाकिएपछि बल्ल होस आउने रहेछ जुनबेला ढिलो भैसकेको हुन्छ । शक्तिले उसको मदबाट बिदा लिएपछि सब चकनाचूर हुँदा ऊ निद्राबाट बिउँझे जस्तो हुन्छ र आफ्नो कुकृत्यमा पछुताउन थाल्छ । आफ्नै पूर्व व्यबहारका कारण इष्टमित्रहरू गुमाइसकेकाले ऊ नित्तान्त एक्लो हुन्छ । शक्तिमा भएपछि मात्र मित्र भएका शक्तिवान इष्टमित्रले अब केको वास्ता गर्थे । ती त शक्ति हुन्जेल न हो ! बस, उसको सम्पूर्ण सकिन्छ । तर जो शक्तिमा हुँदा दम्भले फुलेका हुँदैनन् तिनका त फेरि पनि आफन्तको जमात नैं हुन्छ । यो कुरा हाम्रो आफ्नैं परिवेशमा निंयाले तड्कारै देख्ने छौं, थाहापाउने छौं । शक्तिमा हुनेले यातिकुरा बुझिदिए ‘‘