बर्तमान सांस्कृतिक आन्दोलनको प्रवृत्ति र दिशा (एक)

This image has an empty alt attribute; its file name is Ninu-chapagai.jpg
निनु चापागाई
(बरिष्ठ समालोचक तथा शौन्दर्यशास्त्री )

विषय अत्यन्त सामयिक र गहन समेत छ । विषयले मुख्यतः संस्कृति भनेको के हो, आन्दोलन भन्नाले के बुझिन्छ, नेपालको आजको सांस्कृतिक आन्दोलनको दिशा के कस्तो हुनुपर्ने हो र नेपालको सांस्कृतिक आन्दोलनमा के कस्ता प्रवृत्ति विद्यमान छन् यी सवालहरूमा केन्द्रित रहने माग गर्दछ । म सकेसम्म विषयमा नै केन्द्रित रहेर आफ्ना केही विचारहरू राख्ने प्रयत्न गर्नेछु ।

संस्कृति भनेको के हो ?

संस्कृति सामाजिक–आर्थिक संरचनाको प्रतिबिम्ब भएको हु“दा यसको परिधि एकदमै व्यापक छ । मानवजातिले भौतिक र मानसिक श्रमबाट सृजना गरेका सबै मूल्यवान वस्तुहरू संस्कृतिभित्र पर्दछन । संस्कृति समाजको त्यस्तो संघटना हो, जुन समाजको खान–पान, रहन–सहन, आचार–व्यवहार, चिन्तन–मनन, यथार्थ–आदर्श सबैमा व्याप्त हुन्छ ।

संस्कृतिको अस्तित्व समाजमा मात्र हुन्छ । समाजबाहिर अर्थात मानिसभन्दा पूर्व र मानिसको अभावमा संस्कृतिको कुनै अस्तित्व रहेको छैन । संस्कृतिको रचयिता मानिस हो र मानिस स्वयं पनि संस्कृतिको रचना हो । संस्कृति मानिसस“गै परिष्कृत हुन्छ र मानिसलाई पनि परिष्कार गर्दछ । सामाजिक जीवन र क्रियाकलापका हरेक क्षेत्रमा संस्कृतिका मूल तत्व केही न केही फेला पर्दछन । संस्कृति जटिल र केही मात्रामा अनिश्चित विषय पनि हो । दैनिक जीवन र मानवविज्ञान, जातिविज्ञान, मनोविज्ञान, भाषाविज्ञान, इतिहास, समाजशास्त्र जस्ता विभिन्न विज्ञानमा संस्कृतिका विभिन्न तत्वहरू पाइने हुनाले संस्कृतिका अनेकौं परिभाषा दिइने गरेका छन । ए.क्रोएबर र सी. लुकहनले लेखेको A critical review  of  concepts  and definitions, cambridge  mass. 1952 ले उल्लेख गरेअनुसार संस्कृतिका एकसय साठीओटा परिभाषा छन । यो एउटै तथ्यबाट समेत संस्कृति कति जटिल र गहन विषय रहेछ बुझ््न सकिन्छ ।

संस्कृतिको अवधारणाको उत्पत्ति शुद्ध प्रकृतिभन्दा फरक मानवक्रियाकलापको एउटा उत्पादनलाई छुट्टयाउनका लागि भएको देखिन्छ । मानवका सृजनात्मक क्रियाकलापका कारण थुप्रै बोटबिरुवाहरू परिवर्तित भैसकेका छन भने खेतीपाती गर्र्ने जमिनलाई पनि मानिसले हलोकोदालो चलाएर बन्जर जग्गाभन्दा फरक बनाएको छ । हामीलाई के थाहा छ भने एकजना सभ्य व्यक्ति पनि शिक्षाद्वारा परिवर्तित भएको वा गरिएको प्राकृतिक प्राणी हो । यसरी सबै कुराहरू दुई श्रेणीमा अर्थात प्राकृतिक र परिष्कृतमा विभाजित बन्न पुग्दछन ।

संस्कृतिको धारणालाई समाजको धारणाको पर्याय मान्ने र संस्कृति मानवअस्तित्वको सबभन्दा स्पष्ट विशेषता हो भन्ने निष्कर्षमा हामीलाई पु¥याउने आधार यही नै हो । प्राकृतिक संघटनाहरूका विपरीत सृजनात्मक मानवक्रियाकलापको समुच्चा परिणामलाई बुझाउन संस्कृति शब्दको प्रयोग गर्नु उचित नै मानिन्छ तापनि प्रकृति र समाजको विषमता देखाउन भने यो शब्दको प्रयोग गरिनु राम्रो मानिदैन । यहा“निर हामी के कुरामा स्पष्ट हुनु जरुरी छ भने प्राकृतिक वस्तुहरू र परिष्कृत वस्तुहरूका बीचको भिन्नता भनेको स्वतःस्फूर्त प्रक्रिया र चेतन, सृजनात्मक र उद्देश्यपूर्ण क्रियाकलापका बीचको भिन्नता हो ।

यसरी संस्कृति चुलाचौकादेखि खेतबारीका कान्ला र गरागुरीसम्म, कलकारखानादेखि कार्यालयसम्म, समाज र समाजमा रहेका व्यक्ति व्यक्तिका हरेक पक्षहरूमा सर्वव्यापी भएर रहेको हुन्छ । व्यापक अर्थमा संस्कृति त्यो सबै हो,जसको निर्माण मानवजातिले गरेको छ, र गरिरहेको छ – श्रमका साधनदेखि घरगृहस्थीका सरसामानसम्म, रीतिरिवाज, रहनसहनदेखि विज्ञान, कला, दर्शन र नैतिकतासम्म । सारांशमा संस्कृतिको अर्थ आफूलाई र चारैतिरको प्रकृतिलाई सपार्नु, मानिसको पर्यावरणलाई मानवआवश्यकताअनुकूल बनाउनु र यसरी मानिसमा अन्तर्निहित सबै असल गुणहरूलाई प्रस्फुटन हुने दिशामा गरिने प्रयास र उपलब्धि हो ।

वास्तवमा संस्कृतिको क्षेत्र मानिसमा अन्तर्निहित सबै असल गुणहरूलाई प्रस्फुटन गराउने प्रयत्न, प्रयास र उपलब्धिस“ग अर्थात मानिसको सर्वतोमुखी विकाससंग सम्बन्धित छ । प्रत्येक व्यक्ति सृजनशील व्यक्तिका रूपमा रूपान्तरित हुनु व्यक्तिको सर्वतोमुखी विकास हुनुु हो । सर्वतोमुखी विकास भएको व्यक्ति सम्झनासाथ हामी ज्ञानविज्ञानमा पारंगत, भौतिक तथा आत्मिक सम्पदाको सृजन गर्नमा सक्षम, उच्च नैतिक सिद्धान्त र उत्कृष्ट शारीरिक विकासले सम्पन्न व्यक्ति भन्ने बुझदछौं । सौन्दर्यबोध, कलात्मक रुचि, उत्कृष्ट कलात्मक कृतिहरू बुझने र रचना गर्ने सामथ्र्य, उत्कृष्ट जीवनको निर्माण गर्ने योग्यता सर्वतोमुखी विकास भएको व्यक्तिको अभिन्न गुण हो । यही कारण संस्कृतिलाई सृजनात्मक गतिविधिको, यथार्थ र वास्तविकताप्रतिको सक्रिय र सृजनात्मक दृष्टिकोणको मूर्त रूप भनिन्छ ।

संस्कृतिको परिभाषा

यहीँनर आएर संस्कृतिलाई केही चाडबाड र संस्कारमा सीमित गर्न खोज्ने र मनोरञ्जनको साधनका रूपमा नाचगान र अभिनयमा मात्र न्यूनीकरण गर्न खोज्ने प्रयत्नको विरोध गर्नुपर्ने हुन्छ । संस्कृतिको आधारभूत काम मानिसका भौतिक एवं आत्मिक आवश्यकताहरूलाई परिपूर्ति गर्नु भएको कारण यसले मनोरञ्जनको मानिसको आवश्यकतालाई पनि पूर्ति गरेरै छाड््दछ । तर संस्कृति मात्र मनोरञ्जनको साधन होइन । मानिसका अनेकौं आत्मिक तथा भौतिक आवश्यकताहरूको तुष्टि गर्ने क्रममा संस्कृतिले सर्वप्रथम मानिसका शारीरिक–जैव– आवश्यकताहरू पूर्ति गर्ने र तिनमा निरन्तर परिवर्तन ल्याउने, सामाजिक प्राणीका रूपमा मानिसको विकासका निम्ति नभई नहुने संपर्क–संसर्गका निम्ति आचार–व्यवहारका नियमहरू निर्दिष्ट गर्ने, मानववंशको पुनरुत्पादनका क्रममा शिक्षा–दीक्षा र चरित्रनिर्माणका उपायहरू प्रस्तुत गर्ने मात्र काम नगरी मान्छेका लागि अति विशिष्ट आवश्यकता संसारलाई जान्ने–बुझने र त्यसलाई पूरापूर बदल्ने आवश्यकताको पूर्ति समेत गर्दछ ।

हामीलाई थाहा भएकै कुरो हो मानिसले सर्वप्रथम भौतिक सम्पदा तथा उत्पादनका साधनहरू र औजारहरूको उत्पादन गरी संसारलाई कायाकल्प गर्दै आएको छ । यही कारण प्रायः हामी मनुष्य तथा समाजद्वारा गरिने रूपान्तरणकारी क्रियाकलाप तथा ती क्रियाकलापको परिणाम संस्कृति हो भनी संस्कृतिको परिभाषा दिने गर्दछौं । सामाजिक ऐतिहासिक व्यवहारका प्रक्रियामा मानिसले निर्माण गरेको र गरिरहेको सम्पूर्ण भौतिक एवं आत्मिक मूल्यहरूको योग संस्कृति हो भनेर परिभाषा गरौं कि आर्थिक–सामाजिक अवस्थाद्वारा निर्धारित मानिसको योग्यता एवं क्षमताको स्तर भनी संस्कृतिको परिभाषा देऔं परिवर्तनशीलताको अहं भूमिका संस्कृतिका सन्दर्भमा सर्वोपरि छ । पशुजीवन र पशुवृत्तिबाट माथि उठने र यस क्रममा निरन्तर मानवीयता, मानवगरिमा र महत्तातिर फडको मार्ने काममा नै संस्कृतिको विशेष भूमिका भएको कारण यसलाई मनोरञ्जन वा अरू यसको एउटा सानो कुनै पक्षमा सीमित गरेर हेर्ने परिपाटीबाट माथि उठनु जरुरी हुन्छ ।

वैचारिक गतिविधिलाई मात्र संस्कृति ठान्नु गलत हो

संस्कृतिलाई मात्र बौद्धिक क्रियाकलापका रूपमा हेर्ने दृष्टिकोण पनि सर्वथा गलत छ । एकथरी आदर्शवादी (प्रत्ययवादी) विचारकहरू संस्कृतिको अन्तर्वस्तुलाई केवल विचारहरूसम्ममा सीमित गर्ने प्रयास गर्दछन र संस्कृतिको वास्तविक आधारलाई पूर्णतया बेवास्ता गरी यसलाई शुद्ध बौद्धिक, आत्मिक क्रियाकलापको चौघेरामा बन्द गर्दछन । यस्तो गलत दृष्टिकोणका विपरीत ऐतिहासिक भौतिकवादले संस्कृतिको परिधिमा बौद्धिक उत्पादनलाई मात्र होइन सम्पूर्ण जीवन र त्यसमा सबैभन्दा बढी मानवक्रियाकलापको मौलिक र निर्धारक वातावरण बनाउने भौतिक जीवनको उत्पादनलाई समेत समावेश गर्दछ ।

कतिपय प्रत्ययवादी सिद्धान्तकारहरू आत्मिक संस्कृतिलाई भौतिक आधारबाट अलग पार्दछन र सम्भ्रान्त वर्गको उपजका रूपमा यसको व्याख्या गर्दछन । तर मनुष्यको भौतिक, उत्पादक क्रियाकलाप जीवनका अन्य क्षेत्रमा मानिसका क्रियाकलापको आधार भएको हुनाले द्वन्दात्मक भौतिकवादले भौतिक सम्पदाको उत्पादनको प्रक्रियालाई आत्मिक संस्कृतिको विकासको आधार र स्रोत मान्दछ । यसको अर्थ के भने द्वन्दात्मक भौतिकवादले संस्कृतिको निर्माण व्यक्तिहरूको आत्मिक स्वविकासको क्षेत्र नभएर श्रमजीवी जनता, प्रगतिशील वर्गहरू र सामाजिक अंशकहरूको सामाजिक श्रम क्रियाकलापको क्षेत्रका रूपमा हेर्ने काम गर्दछ । आत्मिक संस्कृतिलाई संस्कृतिको एक मात्र रूप भनेर तर्क अघि सार्दा यस्ता विचारकहरूले के ख्याल राखेको देखिंदैन भने आत्मिक उत्पादन स्वयं भौतिक उत्पादनमाथि आधारित हुन्छ, भौतिक उत्पादनको प्रगतिशील विकासको सम्बल नहुने हो र अझ बढी महत्वपूर्ण कुरो पूर्ववर्ती पंढीहरूद्वारा संचित सांस्कृतिक मूल्यहरूको सक्रिय उपयोग नहुने हो भने आत्मिक संस्कृतिको प्रगति हुनै सक्तैन । समाजको आर्थिक–राजनीतिक जीवनमा हुने परिवर्तनहरूको परिणामस्वरूप मानवजातिको आत्मिक जीवनमा पनि परिवर्तन आउ“छ, जुन जनताको रचनात्मकताको प्रदर्शनमा, सामाजिक चेतनाको नयाँ रूपहरूको उदभव र विकासमा, समाजको आत्मिक जीवनमा, मानवीय सिद्धान्तहरूको बढदो भूमिका र महत्वमा, विज्ञान, टेक्नोलोजी, कला र शिक्षा आदिका उपलब्धिमा साकार हुन्छ ।

कुनै पनि संकल्प र लक्ष्य आफ्नो भौतिक आधारको अभावमा अकल्पनीय हुन्छ र ती श्रमका औजारहरूको निर्माण तथा तिनको सुधारको प्रक्रियामा जन्मिएका थिए । यसरी भौतिक र आत्मिक पक्ष समाजको आफ्नै विशिष्टता भएको ह“ुंदा यिनै दुई पक्ष मानवीय क्रियाकलाप र संस्कृतिस“ग सम्बन्धित छन । भौतिक संस्कृतिभित्र तिनलाई रूपान्तरित गर्ने ध्येयस“ग सम्बन्धित मानिसका सम्पूर्ण श्रमसम्बन्धी क्रियाकलाप (यी क्रियाकलापहरूको परिणाम–भौतिक मूल्य समेत) पर्दछन । यसरी भौतिक संस्कृतिभित्र ती सबै गुणात्मक उपलब्धिहरू पर्दंछन जसले मानिसद्वारा प्राकृतिक शक्तिहरूमाथिको विजय, श्रमका औजारहरूको परिष्कारको सीमा, उत्पादनको तकनीकी स्तर, तकनीकी सीपहरू र योग्यताहरूको स्तर, श्रमको वैज्ञानिक संघटन र मानिसका भौतिक तथा दैनिक जीवनका आवश्यकताहरूको पूर्तिको स्तरलाई देखाउ“छन ।

श्रमका औजारहरूलाई भौतिक संस्कृतिको मर्म मानिन्छ भने भौतिक उत्पादनमा प्रयुक्त सीप र ज्ञान पनि भौतिक संस्कृतिभित्र नै पर्दछ । आत्मिक संस्कृतिअन्तर्गत ती गुणात्मक उपलब्धिहरू पर्दछन जसले प्राकृतिक र सामाजिक ज्ञानको स्तर, वैचारिक दृष्टिको सीमा तथा समाजद्वारा प्रगतिशील र सकारात्मक ज्ञानको आत्मसात्करणको सीमालाई प्रदर्शित गर्दछन । अर्काे शब्दमा, विज्ञान, शिक्षा, नीतिशास्त्र, साहित्य र कला आदिमा प्राप्त गुणात्मक उपलब्धिहरूको योग आत्मिक संस्कृति हो । यसको परिधिमा राजनीतिक विचार, राजनीतिक शिक्षा र कानूनी सम्बन्ध पनि आउ“छन । भाषा, वाणी, चिन्तन (तर्क) र मानवव्यवहार पनि यसैमा पर्दछन ।

भौतिक संस्कृति र आत्मिक संस्कृति अविभाज्य हुन्छन

भौतिक र आत्मिक पक्षमा संस्कृतिलाई विभाजन गरेर व्याख्याविश्लेषण र बोध गर्ने प्रयत्न ह“ुदै आएको छ तापनि यी दुई पक्षहरू द्वन्दात्मक रूपबाट परस्परसम्बद्ध र एकअर्कास“ग अन्योन्याश्रित छन । त्यसैले संस्कृतिको कुनै एउटा पाटोलाई अलग्ग्याएर विशेष महत्वका साथ उल्लेख गर्नु गलत हो भनी हामी एकदमै स्पष्ट हुनु जरुरी छ ।

आन्दोलन भनेको के हो ?

संस्कृतिका बारेमा यति चर्चा गरिसकेपछि अब केही कुरा आन्दोलनका सम्बन्धमा राख्नु म आवश्यक सम्झन्छु ।
नेपालको साहित्यिक–सांस्कृतिक आन्दोलनमा दुईचार वर्ष होहल्ला मच्चाउने जुनसुकै गतिविधिलाई पनि आन्दोलनको नाम दिने गलत परिपाटी प्रचलित छ । बुटपालिस र राल्फा जस्ता क्षणिक, लहड र आवेशका आधारमा संचालित गतिविधिलाई आन्दोलन भन्न मिल्दैन । कुनै खास समयमा चर्कने र तत्काल फेरि सेलाइहाल्ने कुनै पनि गतिविधि आन्दोलन होइन । कुनै गतिविधि आन्दोलन बन्नका लागि त्यसस“ग दूरगामी लक्ष्य हुनु अनिवार्य हुन्छ । रुचि, लगाउ र परस्पर सम्बन्धको व्यापकताका साथै आरोह–अवरोह, सफलता–असफलताको कत्ति पनि पर्बाह नगरी निरन्तर अघि बढने र निर्धारित स्थायी लक्ष्यअनुरूप केही गरेरै छाडने दृढता र अठोट हुनै पर्दछ । आन्दोलनका सन्दर्भमा अझ महत्वपूर्ण कुरो के हो भने यो खास निश्चित समाजको गति र मूल प्रवृत्तिको खास अवस्थाको सूचक हुनुका साथै सम्बन्धित समाजमा विद्यमान परस्परविरोधी वर्गशक्तिहरूको संघर्षको अनिवार्य परिणाम हुनु पनि जरुरी हुन्छ । त्यसैले वर्गीय प्रभाव र हितबाट अलग रहेका गतिविधिहरूलाई आन्दोलन भन्नु सही होइन ।

सांस्कृतिक आन्दोलन भन्नाले के बुझिन्छ ?

यस परिप्रेक्ष्यलाई दृष्टिगत गरेर हेर्दा सांस्कृतिक आन्दोलन हामी त्यसलाई भन्न सक्तछौं, जसले नेपाली समाजको प्रगतिशील र सही विकासमा, नया“ जनवादी समाजको निर्माणमा देखा परेका सामन्तवादी तथा साम्राज्यवादी जीवनमूल्य, विचार र संस्कारजस्ता सांस्कृतिक बाधाव्यवधान हटाउनका निम्ति र समुन्नत, सामञ्जस्यतापूर्ण, सर्वतोमुखी विकास भएको, पूर्ण मानिस एवं समाजको निर्माणका निम्ति आवश्यक पर्ने जीवनमूल्यहरू, संस्थाहरू र सामाजिक संरचनाको निर्माणका निम्ति क्रमशः आम जनतालाई जागरुक, सचेत, सन्नद्ध र सक्रिय बनाउनका लागि निरन्तर काम गरिरहन्छ र यसमा सहभागिता र नेतृत्वको लगातार विस्तार र विकासमा दत्तचित्त भै क्रियाशील भैरहन्छ ।
यस अर्थमा सांस्कृतिक आन्दोलन मूलतः, सारतः र अनिवार्यतः वैचारिक आन्दोलन हो र यसले सर्वहारावर्गीय प्रतिबद्धताको माग गर्दछ । यसले माथि हामीले व्याख्याविश्लेषण गरेझैं नेपालको वर्तमान आर्थिक–सामाजिक वस्तुगत यथार्थलाई मात्र बोध गराउ“दैन त्यो यथार्थलाई जानकारी गराउने क्रममा त्यसलाई परिवर्तन गर्न समेत उत्प्रेरित गर्दछ । यही कारण सांस्कृतिक आन्दोलनलाई समाजपरिवर्तनको सशक्त र प्रभावकारी मोर्चाका रूपमा पनि हामी महत्वका साथ उल्लेख गर्ने गरेका छौं ।

राजनीति र संस्कृतिका बीचको सम्बन्ध

सामाजिक परिवर्तनको प्रक्रियामा राजनीतिको प्रमुख भूमिका रहने तथ्य विवादरहित विषय हो । समाजको आर्थिक संरचना, त्यसको आधारले वर्गहरूका बीचको सम्बन्धको रूपमा राजनीतिले जन्म लिन्छ । राजनीतिको उत्पत्ति र समाजको आर्थिक संरचनास“गको यसको अटुट सम्बन्धलाई व्याख्या गर्ने क्रममा हामीले राजनीतिलाई अर्थतन्त्रको संकेन्द्रित अभिव्यक्ति, त्यसको सामान्यीकरण एवं पूर्णत्वको रूपमा हेर्ने गरेका छौं । राजनीतिमा नै वर्गहरूका आर्थिक स्वार्थहरूले सबभन्दा पूर्ण र सर्वाङ्गीण अभिव्यक्ति पाउ“छन । राजनीति अर्थतन्त्रको उपज भए तापनि त्यसले अर्थतन्त्रमाथि र सामाजिक विकासको सम्पूर्ण गतिविधिमाथि नै ठूलो प्रभाव पार्दछ । अर्थतन्त्रकै विकासले सामाजिक व्यवस्थामा परिवर्तन ल्याउने तयारी गर्दछ ।

जनताको चेतनशील क्रियाकलापको परिणामस्वरूप मात्र यस्तो परिवर्तन हुने भए तापनि राजनीतिले नै त्यस क्रियाकलापलाई निर्देशित गर्ने हो । समाजविकासको प्रमुख कारण वर्गसंघर्ष र त्यसको सर्वोच्च रूप क्रान्तिलाई संचालन गर्ने कार्य राजनीतिले गर्ने हुनाले राजनीतिस“ग संस्कृतिको सम्बन्ध घनिष्टतम रूपबाट गा“सिएको हुन्छ । वर्गसंघर्ष एक राजनीतिक संघर्ष हो यो माक्र्सवादका महान गुरु माक्र्सकै एउटा प्रस्थापना हो । वर्गसंघर्षका आर्थिक, राजनीतिक र सैद्धान्तिक तीन प्रधान रूप छन र राजनीतिक संघर्ष सर्वहारावर्गको प्रधान र निर्णायक रूप मानिन्छ ।

वर्गसंघर्षको तेस्रो प्रधान रूप सैद्धान्तिक संघर्ष पनि राजनीतिक संघर्षकै अधीनमा रहन्छ । सैद्धान्तिक संघर्षको उद्देश्य जनतामा प्रभाव स्थापित गर्नु, आम जनताको मानसमा समाजवादी चेतना उमार्न प्रयत्न गर्नु, पू“जीवादी विचाधाराका विरुद्ध वैचारिक आन्दोलन संचालन गर्नु र माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आडमा देखा पर्ने संशोधनवादी तथा जडसूत्रवादी विकृतिहरूको आलोचना गर्नु भएको हु“दा यो व्यावहारिक राजनीतिक संघर्ष र त्यसका आवश्यकताहरूस“ग अभिन्न हुनु स्वाभाविक हुन्छ । संस्कृतिको काम नै यही वैचारिक संघर्षलाई सहयोग गर्नु भएकाले यो राजनीतिबाट अलग्ग रहनै सक्तैन ।

त्यति मात्र होइन, प्रगतिशील सांस्कृतिक आन्दोलन र कम्युनिस्ट राजनीतिको उद्देश्यमा पनि समानता छ । सर्वहारावर्गका नेता लेनिनले के औंल्याउनु भएको छ भने – कम्युनिस्ट समाजको उद्देश्य समाजका सबै सदस्यहरूको पूर्ण खुशहाली र स्वतन्त्र, सर्वतोमुखी विकासलाई सुनिश्चित गर्नु हो । माक्र्सवादका प्रणेता स्वयं माक्र्सले आफनो कृति पू“जी मा घोषणा गर्नु भएको छ – कम्युनिज्मको आधारभूत सिद्धान्त हो – प्रत्येक व्यक्तिको पूर्ण तथा मुक्त विकास । माक्र्सले यस सम्बन्धमा पू“जीवादीहरू र कम्युनिस्टहरूका बीचमा रहेको भिन्नतालाई स्पष्ट पार्दै लेख्नु भएको छ – पू“जीवादी समाजमा ठूलो उद्योग, प“ूजीको परिचालन तथा अन्य कारकहरूको माध्यमबाट श्रमजीवीहरूका विविध पक्षहरूको अधिकतम सम्भव विकासको अपेक्षा गरिन्छ भने कम्युनिस्ट समाजले चाहिँ मानिसको मात्र विविध पक्षहरूको विकासको मात्र होइन व्यक्तिकै समग्र सामञ्जस्यतापूर्ण विकासको पनि अपेक्षा गर्दछ ।

तथापि संस्कृतिका अन्य पक्षहरूलाई राजनीतिको समकक्षमा राख्ने र संस्कृतिलाई राजनीतिभन्दा फरक नठान्ने दृष्टिकोण एकदमै बेठीक छ । संस्कृतिको प्रकृतिले नै अलग अस्मिता, भिन्न चरितार्थता र केही भिन्न विशिष्ट कार्य समेतलाई इंगित गर्दछ । यहा“निर बिर्सन नसकिने तथ्य के छ भने सामाजिक चेतनाका भिन्न भिन्न रूपहरूले यथार्थका भिन्न भिन्न क्षेत्र र पक्षहरूलाई प्रतिबिम्बित गर्दछन । चेतनाका प्रत्येक रूपमा प्रतिबिम्बनको आफ्नै वस्तु हुन्छ र आफ्नै तरीका पनि । वस्तुजगत््को विविधता तथा जटिलताले सामाजिक चेतनाका विभिन्न रूपहरू प्रकट हुने संभावनालाई मात्र उत्पन्न गर्दछन । राजनीतिले राजनीतिक क्षेत्रबाहेकका सांस्कृतिक मूल्यहरूको निर्माण गर्दैन, संस्कृतिले गर्दछ ।

त्यसैले राजनीतिस“गको संस्कृतिको सम्बन्धको पहिचान, तालमेल र त्यसको सही निर्वाह आन्दोलनको सफलताको आवश्यक शर्त हो ।
राजनीति र संस्कृतिमध्ये कुन बढी महत्वको विषय हो भन्ने सवालका सन्दर्भमा सोभियत संघको विघटन र चीनको महान सर्वहारा सांस्कृतिक आन्दोलनबाट सिक्नुपर्ने कुराहरू पनि हिजोआज निकै नै गंभीरताका साथ उठन थालेको पाइन्छ । नया“ व्यक्तित्व र समाजको निर्माणबिनाको राजनीतिक सत्तामाथिको कब्जा धेरै सुरक्षित नहु“दो रहेछ भन्ने तथ्यलाई नै ती घटनाहरूले पुष्टि गरिरहेका छन ।
। यी घटनाहरूलाई दृष्टिगत गरेर के भन्न थालिएको छ भने कुनै पनि राजनीतिक संघर्षले सांस्कृतिक संघर्षको अनिवार्य र अविभाज्य अङ्ग बन्नु आवश्यक छ । राजनीतिक संघर्षको तयारीको क्रममा सांस्कृतिक संघर्षमाथि विशेष जोड दिइनु एक किसिमले राजनीतिक संघर्षको सफलताको पूर्वशर्त हो । व्यावहारिक अनुभवका क्रममा देखा परेको यो गंभीरतम पाठप्रति सबैको ध्यान जानु जरुरी छ ।

त्यसको सर्वोच्च रूप क्रान्तिलाई संचालन गर्ने कार्य राजनीतिले गर्ने हुनाले राजनीतिस“ग संस्कृतिको सम्बन्ध घनिष्टतम रूपबाट गा“सिएको हुन्छ । वर्गसंघर्ष एक राजनीतिक संघर्ष हो यो माक्र्सवादका महान गुरु माक्र्सकै एउटा प्रस्थापना हो । वर्गसंघर्षका आर्थिक, राजनीतिक र सैद्धान्तिक तीन प्रधान रूप छन र राजनीतिक संघर्ष सर्वहारावर्गको प्रधान र निर्णायक रूप मानिन्छ । वर्गसंघर्षको तेस्रो प्रधान रूप सैद्धान्तिक संघर्ष पनि राजनीतिक संघर्षकै अधीनमा रहन्छ । सैद्धान्तिक संघर्षको उद्देश्य जनतामा प्रभाव स्थापित गर्नु, आम जनताको मानसमा समाजवादी चेतना उमार्न प्रयत्न गर्नु, पू“जीवादी विचाधाराका विरुद्ध वैचारिक आन्दोलन संचालन गर्नु र माक्र्सवादी–लेनिनवादी सिद्धान्तका आडमा देखा पर्ने संशोधनवादी तथा जडसूत्रवादी विकृतिहरूको आलोचना गर्नु भएको हु“दा यो व्यावहारिक राजनीतिक संघर्ष र त्यसका आवश्यकताहरूस“ग अभिन्न हुनु स्वाभाविक हुन्छ । संस्कृतिको काम नै यही वैचारिक संघर्षलाई सहयोग गर्नु भएकाले यो राजनीतिबाट अलग्ग रहनै सक्तैन ।

त्यति मात्र होइन, प्रगतिशील सांस्कृतिक आन्दोलन र कम्युनिस्ट राजनीतिको उद्देश्यमा पनि समानता छ । सर्वहारावर्गका नेता लेनिनले के औंल्याउनु भएको छ भने – कम्युनिस्ट समाजको उद्देश्य समाजका सबै सदस्यहरूको पूर्ण खुशहाली र स्वतन्त्र, सर्वतोमुखी विकासलाई सुनिश्चित गर्नु हो । माक्र्सवादका प्रणेता स्वयं माक्र्सले आफनो कृति पू“जी मा घोषणा गर्नु भएको छ – कम्युनिज्मको आधारभूत सिद्धान्त हो – प्रत्येक व्यक्तिको पूर्ण तथा मुक्त विकास । माक्र्सले यस सम्बन्धमा पू“जीवादीहरू र कम्युनिस्टहरूका बीचमा रहेको भिन्नतालाई स्पष्ट पार्दै लेख्नु भएको छ – पू“जीवादी समाजमा ठूलो उद्योग, प“ूजीको परिचालन तथा अन्य कारकहरूको माध्यमबाट श्रमजीवीहरूका विविध पक्षहरूको अधिकतम सम्भव विकासको अपेक्षा गरिन्छ भने कम्युनिस्ट समाजले चाहिँ मानिसको मात्र विविध पक्षहरूको विकासको मात्र होइन व्यक्तिकै समग्र सामञ्जस्यतापूर्ण विकासको पनि अपेक्षा गर्दछ ।

तथापि संस्कृतिका अन्य पक्षहरूलाई राजनीतिको समकक्षमा राख्ने र संस्कृतिलाई राजनीतिभन्दा फरक नठान्ने दृष्टिकोण एकदमै बेठीक छ । संस्कृतिको प्रकृतिले नै अलग अस्मिता, भिन्न चरितार्थता र केही भिन्न विशिष्ट कार्य समेतलाई इंगित गर्दछ । यहा“निर बिर्सन नसकिने तथ्य के छ भने सामाजिक चेतनाका भिन्न भिन्न रूपहरूले यथार्थका भिन्न भिन्न क्षेत्र र पक्षहरूलाई प्रतिबिम्बित गर्दछन । चेतनाका प्रत्येक रूपमा प्रतिबिम्बनको आफ्नै वस्तु हुन्छ र आफ्नै तरीका पनि । वस्तुजगत््को विविधता तथा जटिलताले सामाजिक चेतनाका विभिन्न रूपहरू प्रकट हुने संभावनालाई मात्र उत्पन्न गर्दछन । राजनीतिले राजनीतिक क्षेत्रबाहेकका सांस्कृतिक मूल्यहरूको निर्माण गर्दैन, संस्कृतिले गर्दछ ।

त्यसैले राजनीतिस“गको संस्कृतिको सम्बन्धको पहिचान, तालमेल र त्यसको सही निर्वाह आन्दोलनको सफलताको आवश्यक शर्त हो ।
राजनीति र संस्कृतिमध्ये कुन बढी महत्वको विषय हो भन्ने सवालका सन्दर्भमा सोभियत संघको विघटन र चीनको महान सर्वहारा सांस्कृतिक आन्दोलनबाट सिक्नुपर्ने कुराहरू पनि हिजोआज निकै नै गंभीरताका साथ उठन थालेको पाइन्छ । नया“ व्यक्तित्व र समाजको निर्माणबिनाको राजनीतिक सत्तामाथिको कब्जा धेरै सुरक्षित नहु“दो रहेछ भन्ने तथ्यलाई नै ती घटनाहरूले पुष्टि गरिरहेका छन ।
। यी घटनाहरूलाई दृष्टिगत गरेर के भन्न थालिएको छ भने कुनै पनि राजनीतिक संघर्षले सांस्कृतिक संघर्षको अनिवार्य र अविभाज्य अङ्ग बन्नु आवश्यक छ । राजनीतिक संघर्षको तयारीको क्रममा सांस्कृतिक संघर्षमाथि विशेष जोड दिइनु एक किसिमले राजनीतिक संघर्षको सफलताको पूर्वशर्त हो । व्यावहारिक अनुभवका क्रममा देखा परेको यो गंभीरतम पाठप्रति सबैको ध्यान जानु जरुरी छ ।

IME Remittance