भरिया दाइ

पावेल शर्मा

हेर्दा मानब यन्त्र जस्तो हाडै-हाडको शरीर जस्तो
मध्य दिनको सुर्याम्सले डामीएको एक अस्तु जस्तो
बटन चलाई चले जस्तो पाइला चाली एक नासले
शिखर चड्यो भरिया दाई मुख सुस्काउँदै आफ्नै सासले।

शिर कोल्टाई माथी हेर्छ अझै माथी शिखरै छ
भोको पेट मध्य दिन भो पुग्न अझै टाढैनै छ
बरु भोटो-कछार भिज्यो मुख झन-झन कट्कटिँदै
शिखर चढ्यो भरिया दाई मध्य दिनमा छट्पटिँदै।

सुस्केराँउदै पाइलै पिच्छे हँ हँ गर्छ मुखले अनि
धिक्कार्दछ अनि भन्छ यस्तै भई बितोस जुनि
घामका तेजले डाँमीएर तप तप रगत चुहेला जस्तो
शिखर चढ्यो भरिया दाई शरीर हेर्दा कोईला जस्तो।

शरीरले त छाँया खोज्छ घामका किरण झन तेजिला
पसिनाकाे पाेखरीमा आँखा हुन्छन पिरा पिरा
हुँईय पार्दै शरीर आफ्नो रोसनिमा तिर्मिराउदै
शिखर चढ्यो भरिया दाइ, मध्य दिनमा धिर्मिराउदै।

ज्यान सुकेर पानी खोज्दा पानी पिउने ठाँउ छैन
आँखा माथी तन्काउँदा कतै गाँउ देखिँदैन
समय नि घर्किसक्यो पुग्न अझै टाढा नै छ
शिखर चढ्यो भरिया दाई मध्य दिनमा भोको पेट। -पावेल शर्मा, युएई