समुद्रपारिकाे ताजा कहानी

अष्ट्रेलियाको अभिस्मरणीय यात्रा
२०७६.०१.११,
बैंकक ।
अष्ट्रेलियाको यस पटकको सांगीतिक यात्रा एडलेटबाट सुरु भएर मेलबर्नमा आएर समापन भयो । याे यात्रा मेराे विशिष्ट र प्रफुल्ल मनाेदशामा सुसम्पन्न भएकाे महशुस भैरहेकाे छ । याे यत्राका सारा तस्वीर मेराे मस्तिष्कका सदा ताजा भएर सलबलाइरहनेछन ।

अष्ट्रेलियाकाे एडलेटमा उपस्थित जनसमुह ।

एडलेटबाट मेलबर्नसम्म आइपुग्दा धेरै साथीहरु र दृष्यहरु फेरिदै गए । जे जति साथीहरु र दृष्यहरु आाखा सामुन्ने आए ती सबै सुन्दर थिए, आकर्षक थिए । सबैको साथ,सहयोग र सामिप्यबाट पुर्वनिर्धारित र आकस्मिक सम्पूर्ण समारोहहरु सफलतापूर्वक सम्पन्न भएका थिए । यसबाट अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरु प्रति मेरो मेरो मनभित्र उच्च सम्मानभाव पैदा भएको छ र हृदयको गहिराइमा अभिस्मरणीय तस्वीर कोरिएको छ । साठीऔं बसन्तमा पाइला टेक्दा टेक्दै यो बर्षको सुरुमै जीवनले प्रकृति, संसार र आफ््नै जिनदगीका नब आयामहरु थपिदै गएको महशुस गरेको छ । मेरो जीवनयात्रा प्रकृति र मानव निर्मित सौन्दर्यले थप आनन्दमय, उर्जाशील र उल्लासमय भएको छ । प्रकृति र प्रयत्नबाट प्राप्त कला र संगीतले जिन्दगीको गरेटोलाई सरल र सरस बनाउन जुन हद सम्म मद्दत पुरायो त्यस प्रति मनमनै कृतज्ञता प्रकट गरेको छु । त्यो कला संगीतलाई सम्मान गरेर अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा कार्यक्रमको आयोजना गर्नै र सहभागी हुने सबै संस्थाहरु र सचेत नेपालीहरु सदा सम्झना र सम्मानका पात्र रहिरहनेछन ।

यसै परिप्रक्षमा मैले अहिले सम्झिरहेको छु, एडलेटमा नेपाल फुट फेष्टिवलको आयोजना गरेर हजारौं नेपालीमाझ मलाई उभ्याउन पहल गर्ने एनआरएन अष्ट्रेलिया र यसको एडलेट संस्करणमा सकृय अशोक केसी, कपील पाण्डे, मनोज धमला, नवीन पाण्डे, राजु उपाध्याय लगायत धेरै प्रबुद्ध नेपालीहरु । त्यसै गरेर सिडनीमा सकृय प्रवासी नेपाली एकता मञ्चका सकृय साथीहरु भवानी ओली, मनरिषी धिताल, सरिता जी, कृष्ण सापकोटा, चुन्ना , सीता, डक्टर मोम आदि सयौ व्यक्तिहरु अनि त्यसै गरी ब्रिस्वेनमा कृयाशील कास्की समाज लगायतका संस्थाहरुमा सकृय प्रमोद दवाडी, कृष्ण सुवेदी, आविस्कार लगायत कास्की समाज र त्यसमा कृयाशील अध्यक्ष , पदाधिकारी लगायत सम्पूर्ण साथी हरु र मेलवर्नको इल्ग्ँ लगायत विभिन्न संस्थाहरु अनि ती संस्थामा कामगरिरहेका सकृय सदस्यहरु निराजन गौली, विक्रम शर्मा, अनन्त, निरु साथै मलाई कारमा घुमाएर सामुद्री किनाराका उच्छालसँग लहरिने मौका दिने हार्दिक हार्दि सबै साथीहरु । अहिले म बैंकक ट्रान्जिटबाट मेरो करीब दश दिने बसाइको सिंहावलोकन गरिहेको छु । मेरो मन भित्र अष्ट्रेलियाका सबै साथीहरुको सम्झना मन भित्र वोइरिइरहेको छ । कसको नाम उल्लेख गरौं कसको नगरौं । सबै मेरोलागि समान सम्मानका पात्र हुनुहुन्छ । अव त बोर्डिंग टाइम पनि हुन थालेछ । काठमाडौंको यात्रा तिन चार घण्टा कति लाग्ने हो । अब नेपाल पुगेर फेरि अष्ट्रेलिया लाई सम्झना गर्ने छु । यस पल्टलाई वाइवाइ अष्ट्रेलिया ।

Prabhu Bank
IME Remittance