लेनिन जयन्तीकाे अवसरमा अष्ट्रेलियाकाे मेलवर्नमा नेपाली राष्ट्रियता र जनजीविकाका गीतहरूकाे कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली नव वर्ष २०७६को सन्दर्भ समेत परेकाे बेला अाेभरसिज नेपल्ज् यूनाटेड फोरम भिक्टोरीयाले जनगायक जीवन शर्माको साथमा स्थनीय प्रतिभा सहितकाे जन साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यही २२ अप्रिल स्टोनिया हाउसमा आयोजना उक्त कार्यक्रममा गायक शर्माले लगातार दुई घण्टा भन्दा बढी आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मधेशी पहाडी हिमालका हिमाली’ , ‘म डुल्दै जाँदा तराइकाे फाँटमा’, उडी हिड्ने बादल जस्तै मेराे जीवन कथा , छैन मेराे शरीरमा अत्तरकाे सुगन्ध , जस्ता पछिल्लाे समयमा रचना गरिएका र संगीतबद्ध गरिएका गीत हरू प्रस्तुत गरेकाे थिए ।
कार्यक्रमकाे उत्तरार्धमा उनले झरनाकाे चिसाे पानी, यसपाली त यस्तै भाे अामा, सिमली छायाँ जस्ता आफ्ना चर्चित गीतहरु पनि गाएका थिए । साथमा स्थानीय कलाकार हरूले नृत्य प्रस्तुत गरेका थिए । जनगायक शर्मा एडिलेडको एनआरएनए नेपाल फेस्टिबलमा सहभागि हुन आएका थिए । कार्यक्रममा मेलबर्नमा बसाेबास गर्ने नेपाली जनसमुदायकाे व्यापक उपस्थिति रहेकाे थियाे ।