निलिमा पुन
तिमी कोइली थियौ
कोकिल कण्ठ्ठकी धनि,
अमुल्यरत्न मणी
आज काकाकुल बन्यौ
कुहिरो भित्र हरायौ
कसैले नदेख्ने गरि विलायौ
कहिले नभेट्ने गरि विदा भयौ
कसैलाई नभनी गयौ
सम्झोस् भनि कण्ठ फिजाएर छोड्यौ
सारा जगत ब्युझाउने आवाज दिएर गयौ
तिमी शान्त छौ हामीलाई अशान्त बनायौ
गन्तव्य एउटा थियोे तिमी अर्को तिर लाग्यौ
आफु अगाडि लागेर हामीलाई आउदै गर भन्यौ
अब त कुन विन्दुमा भेट होला र ?
तिमी टाढा पुग्यौ हामी अप्ठ्यारो घुम्तीमा छौ
शीरमा तिम्रो स्वरको आलाराम राखेर
यात्रामा उर्जा भर्नेछौ
जनसंगीतको यात्रा अघि बढाउनेछौ
अलविदा दिदी !