कोरोनाको अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूचओ)ले विश्वमा कोरोना भाइरस (कोभिड-१९) को अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।

डब्लूचओले अझै खतरनाक भेरियन्ट फैलन सक्ने भन्दै महामारी रोक्न मुस्किल हुने बताएको हो । डब्लूचओका प्रमुख डाक्टर ट्रेडोस एडहनाम गेब्रिसियससले आम नागरिकले महामारी सकिन लागेको भन्नु गलत भएको बताए ।

उनले महामारी सकिन लागेको भनेर आम नागरिकले गलत राय बनाउन थालेको भएपनि महामारी सकिने कुनै संकेत नदेखिएको बताएका हुन् ।

उनका अनुसार डब्लूचओ कमिटीले कोभिड १९ को अरु संभवत अझ खतरनाक भेरियन्ट आउँनसक्ने भएकाले थप नियन्त्रणमा थप चुनौती देखिएको निश्कर्ष निकालेको छ ।