जन्ती बोकेर फर्किएको जिप दुर्घटना : ४ को मृत्यु, १४ घाइते

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटनामा परी पञ्चदेवल विनयाक-२ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली, अन्दाजी १८ वर्षीय सर्प बोहोरा र पञ्चदेवल विनयाक-३ का अन्दाजी १६ वर्षीय जीवन जैसीको मृत्यु भएको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए । जीप चालक चुपे कुमार प्रहरी नियन्त्रणमा आएको अर्यालले बताए ।

गाडीमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएको थियो । अन्यको जिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको छ ।

 

IME Remittance