जिदन्गीको गोरेटो यो चर्खा जस्तै चलिरहन्छ
शितलताको खोजी गर्दै ऊ आफैभित्र जलिरहन्छ
हो ……जीवन आफैभित्र आगो जस्तै बलिरहन्छ।
एक छाक मीठो खानु छैन
एक आङ राम्रो लाउनु छैन
तर पनि जीवन सधैँँ परदेशी भैइ घुमिरहन्छ
जिउने मर्ने थाहै हुन्न कस्को के पो भर हुन्छ
पहाडको एकान्तमा मेरो जन्म घर रुन्छ
आफ्नै देशको माटो सङै जिउने मर्ने मेरो मन छ
हाँडीकोटको काखमा बसी सँगै जिउने कसम खाको
युगौँ युग जीवनभरि नछुटिने प्रिती लाको
नभुल्नु है तिमिले मलाई सँगै मर्ने कसम खाको
आकासको बादल जस्तै जीवन कहाँ उडिगयो
तारे भिरको झर्ना सँगै जीवन बग्दै बग्दै गयो
कहाँ पुग्ने टुङो छैन कठै महासागर भयो
तिमीलाई हेर्ने आँखाहरु अझैपनि लोलाउँदै छन
लालीगुराँस तिम्रै बाटो हेरि हेरि टोलाउँदै छन
गाउँ फर्क तिमि भनी कोईलि चरी बोलाउँदै छन
हो. कोईली चरी कुहुँ कुहुँ गर्दै तिमिलाई बोलाउँदै छ्न
लालीगुराँस टोलाउँदै छन
कोईली चरी बोलाउँदै छन
फर्क सबै स्वदेश भनी
धर्ती आकाश बोलाउँदै छन।