लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौँ २६ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलका तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनले बोलाउनुभएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दर्ता गराउनुभएको हो ।

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख शेरचनले यही साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको हो । सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको बताइएको छ ।

यसअघि आइतबार अधिवक्ता प्रवेश केसीले सोही मागमा रिट निवेदन ल्याउँदा सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको थियो । रासस

IME Remittance