जलवायु परिवर्तनको नयाँ रिपोर्ट : मानव जातिका लागि थप उच्च खतरा

साउन २६ । मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको बीबीसीले जनाएको छ ।

विगतका क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन शताब्दीऔँसम्म जारी रहने र त्यसले समुद्र एवं त्यसको सतहलाई असर गर्ने प्रतिवेदनमा औँल्याइएको छ।

तर अझै खराब परिणाम नआओस् भन्नका लागि अवसर रहेको र त्यसका निम्ति कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको छ।

यो शताब्दीमा विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसले अथवा त्यो भन्दा बढीले वृद्धि हुने प्रतिवेदनले अनुमान गरेको छ। ‍

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन ‘कोड रेड’ अर्थात् मानव जातिका लागि उच्च खतराको घण्टी भनेका छन्।

IME Remittance