पाँच लाख डोज कोभिड शिल्ड आइपुग्यो, भोलिदेखि ६५ वर्षमाथिकालाई दिइने

जापानबाट कोरोनाविरूद्धको पाँच लाख डोज खोप काठमाडौं आइपुगेको छ।जापानबाट १६ कोभिड शिल्ड आउनेमध्ये शनिबार बिहान पाँच लाख डोज खोप आइपुगेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बताए।उनका अनुसार आइतबार तीन लाख डोज खोप आउने छ।

‘पहिलो चरणमा आउने खोप आज बिहान आइसकेको छ,’ पोखरेलले  भने।एक हप्तापछि अरू आउने सचिव पोखरेलले बताए।‘पहिलो चरणमा आइतबारबाट ६ छ,’ ५ वर्षमाथिका नागरिकलाई यो खोप दिइने छ। पहिलो चरणमा खोप लगाएर बसेका नागरिकलाई अहिले आएको दोस्रो डोज खोप दिइने पोखरेलले बताए।शुक्रबार दुई लाख डोज खोप जापानबाट आएको थियो। ‘त्यो समेत गरेर सबै प्रदेशमा आइतबारदेखि खोप लगाउन सुरू गरिने छ,’ पोखरेलले भने।

IME Remittance