महामारीको अबस्था : नेपालमा २३ प्रतिशतमा कोरोना

काठमाडौँ, १५ साउन । नेपालमा थप ३,३६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्रन सार्वजनिक तथ्याङ्कअनुसार १४,२४२ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,६८७ जनाको परीक्षण एन्टिजन विधिबाट र बाँकीको पीसीआर विधिबाट गरिएको हो। यो कुल २३ प्रतिशत संक्रमण हो ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३७३ जना सङ्क्रमणमुक्त भएका छन्।

IME Remittance