कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पतालमा भर्ना

कलाकार पल्पसा डंगोल काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना भएकी छन । उनलाई मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको हो । उनको वास्तविक नाम पल्पसा डंगोल भएपनि आम दर्शकले उनलाई चम्सुरीको नामले चिन्दै आएका छन । कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।पछिल्लो पाँच वर्षदेखि डंगोलको मिर्गौलामा समस्या देखिएको थियो।

दुवै मिर्गौला फेल भएपछि उनले नियमित डाइलाइसिस गराइरहेकी छन्। डाइलाइसिस गर्ने क्रममा रगत पास हुन नसकेपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो। उनले तीन पटक डाइलाइसिस गराइसकेकी छन्।हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा अभिनय गरेपछि उनलाई दर्शकले ‘चम्सुरी’का नामले चिन्छन्।

उनले दृष्टि नामक सिरियल पनि निर्माण गरेकी थिइन्। उनी सन् १९९५ को मिस नेपालको उत्कृष्ट ५ मा परेकी थिइन्। ४५ वर्षीया पल्पसा दर्जनौं फिल्म तथा टेली सिरियलमा अभिनय गरेकी छन्। थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन्। अस्पतालमा डायलसिस चलिरहँदा तीन दिन अघिदेखि पल्पसाको स्वास्थ्यमा एक्कासि समस्या आएको थियो। पछिल्लो पटक डायलसिस गर्ने क्रममा रगत पास नभएपछि सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले जनाएका छन्। कलाकारिता गरेर नै एकल जीवन बिताउँदै आएकी पल्पसा छोरीसँग बालाजुमा बस्दै आएकी थिइन्।

IME Remittance